अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा प्रकाशित ‘राष्ट्रिय योग अभ्यासक्रम’ पुस्तकको भिडियो कन्फ्रेन्समार्फत बिमोचन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : राजन काफ्ले
मुगुको छायाँनाथ रारा नगरपालिका २ सेरा ज्युलामा जौ काटेर थाकेपछि आराम गर्दै एक युवती । तस्बिर: जीवन सेजुवाल
प्रधानमन्त्री केपी शर्मा ओली लगायत सत्तारुढ दल नेकपाको चैत ५ गते बुधबार बसेको केन्द्रीय सचिवालयको बैठक । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ (कोरोना)को संक्रमणबाट जोगिन बैठकमा सबैले मास्कको प्रयोग गरेका थिए ।
दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरी १२ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट शुक्रबार साँझ डिस्चार्ज भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारी निवास बालुवाटारमा स्वागत गर्दै ९० वर्षिय बुवा मोहनप्रसाद ओली ।
सुर्खेतको वीरेन्द्रनगरस्थित निर्माणाधीन काँक्रेविहार मन्दिर । (तस्बिर : सेरोफेरो)
सल्यानको कुपिण्डे दह नजिकै ग्राहकको प्रतिक्षामा स्थानीय सुन्तला व्यापारी । (तस्बिर : सेरोफेरो)
परम्परागत भेषभुषामा अछाम भैरवस्थानकी एक महिला । (तस्बिरः केएन खत्री)
मध्यपश्मिाञ्चल विश्वविद्यालयको केन्द्रिय क्याम्पस अगाडी विद्यार्थीले टायर बालेका छन् । विभिन्न माग सहित विश्वविद्यालयमा उनीहरुले आन्दोलन गरिरहेका छन् । (तस्विर सेरोफेरो)
बुलबुले तालमा पानी लिन जाँदै एक बालक (तस्विर : सेरोफेरो)
बुवाले बुलबुले पार्कमा गीत गाउँदा प्राप्त भएका रुपैँया गन्दै सुर्खेत बाङ्गेशिमलकि दुर्गा सुनार । उनि कोपिला भ्यालिमा कक्षा ४ मा पढ्छिन् । (तस्बिर : सेरोफेरो)
'सेरोफेरो' पिस एरा नेपाल प्रा. लि. द्वारा प्रकाशित एवं प्रसारित अनलाइन अखबार हो । यसको पक्षधरता सत्य, न्याय र शान्ति हो । व्यक्तिको सही सूचना पाउने अधिकारको संरक्षण गर्नुका साथै मानव अधिकारको वकालत गर्नु हाम्रो धर्म हो । प्रेस स्वतन्त्रताको रक्षा तथा सरकारको स्वेच्छाचरिताविरुद्ध खबरदारी गर्नुका साथै नैतिक एवं सबल राष्ट्र/राज्य निर्माणनै हाम्रो अखबारी अभियान हो ।