३१ बैशाख । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिनुभएको छ। शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीको पद तथा गोपनीयताको सपथ गराउनु भएको हो । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा,…
३१ बैशाख । नेकपा एमालेका अध्यक्ष एवम् एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले मुलुकको ४३औं प्रधानमन्त्रीको रुपमा नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । संविधानको धारा ७६ (३) अनुसार संसद्को सबैभन्दा ठूलो दलको…
२० फागुन । विप्लव समूह र सरकार बीच तीन बुँदे सहमति भएको छ । बिहिबार सहमती भएपछि विप्लव समूहले हिंसा छोड्ने भएको हो । सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने संयुक्त विज्ञप्तीमा उल्लेख गरिएको छ । वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको…
११ फागुन । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । संवैधानिक इजलासमा भएको बहसका आधारमा सर्वोच्चले प्रतिनिधि सभा विघटनको निर्णयलाई बदर गर्दै संसद् पुनर्स्थापनाको आदेश गरेको हो । साथै सर्वोच्चले १३ दिनभित्रै संसद् बैठक बोलाउन भनिएको छ । सर्वोच्चको निर्णय सुनाउँदै…
२८ असाेज । नेपाल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको सदस्यका रुपमा पुनः निर्वाचित भएको छ । अमेरिकाको न्यूर्योकस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा मंगलबार भएको चुनावमा नेपाल १ सय ५० मतसहित निर्वाचित भएको हो । नेपाल सन् २०२१–२०२३ का लागि पुनःनिर्वाचित भएकाे हाे । सन्…
२६ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा प्रदेश सभा दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव पेश भएसंगै प्रमुख सचेतक गुलावजंग शाहलाई पदमुक्त गरिएको छ । शाहीविरुद्ध अविश्वास रहेको भनी नेकपाका १८ सदस्यले आइतबार संसदीय दलको सचिवालयमा उक्त प्रस्ताव दर्ता गराएका थिए ।…
नक्सा : सामाजिक संजालबाट २० असोज । प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभाबाट दुई तिहाइले पारित भएको छ । मङ्गलबार प्रदेश सभामा भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने भन्ने पक्षमा ७९ मत र विपक्षमा ४ मत खसेको…
९ असोज । कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएकाले पिसिआर परीक्षण नगर्न र नगराउन सरकारले आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित पत्रकार सम्मेलनमार्फत पिसिआर परीक्षण गराउनुपर्ने अवस्थाबारे जानकारी गराएका हुन्। उनका अनुसार ज्वरो तथा सुख्खा खोकी लागेका,…
साँकेतिक तस्बिर गुगलबाट । ९ असोज । सरकारले अध्यादेशमार्फत तेजाब हान्नेलाई सजाय सम्बन्धीको मुलुकी अपराध संहिता २०७४ को व्यवस्था संशोधन गरेको छ। अब तेजाब हान्नेलाई २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुने छ। एसिड आक्रमण पीडितको…
१ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा रिक्त सदस्यमा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गरेकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार पठाएको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न…