Birendranagar Municipality

चिसोबाट शिशुलाई कसरी जोगाउने ?

सेरोफेरो
चिसोबाट शिशुलाई कसरी जोगाउने ?

१२ पुस । पुस र माघ सामान्यतया वर्षको अत्यधिक चिसो हुने समय हो । हिमाली भेगमा हिमपात र तराइमा सितलहरले जनजीवन अझ कष्टकर हुन्छ । यतिबेला सबै व्यक्ति चिसोको असरबाट जोगिनु त पर्छ नै । आमाबुवाको लागि नवजात शिशुलाई कसरी जोगाउने ? भन्ने चिन्ताको चिन्ताले पिरोल्न सक्छ । किनकी चिसोको कारण शिशुलाई विभिन्न समस्या आउन सक्छन् ।


चिसोमा बच्चाले धेरै पटक पिसाव फेर्छन् । पेट पनि बिग्रन सक्छ । दिसा गरिरहनसक्छ । त्यसैले बच्चाको कपडा समय–समयमा बदल्नुपर्छ । न्यानो कपडाले लपेटेर उचित समयमा हेरिविचार गरिरहनुपर्छ ।


त्यसबाहेक प्राकृतिक रुपमै न्यानो राख्ने केहि तरीकाहरु छन् ।


१) तोरीको तेल तताएर हल्कासँग बच्चाको शरीरमा मसाज गरिदिनुपर्छ । मसाज गरेपछि विहानको घाममा शरीर न्यानो बनाउन दिनुपर्छ । यो प्रयोग नियमित रुपले गरौं । शिशुलाई चिसो लाग्दैन, निमोनियाको भय हुँदैन ।
२) यसबेला शिशुको छाला सुख्खा हुन्छ । यस्तोमा जैतुनको तेलले मालिस गर्नुपनि लाभदायक हुन्छ । यसले रक्तप्रवाह हुन्छ । साथै शिशुको प्रतिरोधात्मक क्षमता पनि बढ्छ ।
३) मसाज गरेको समयमा बच्चालाई न्यानो र आरमदयक स्थानमा राख्नुपर्छ । मासिल गरिसकेपछि नुहाइदिनुपर्छ ।
४) यसबेला शिशुको छाला नमर हुन्छ, त्यसैले साबुन ग्लिसरिनयुक्त हुनुपर्छ ।
५) यदि धेरै जाडो भएको समयमा सफा कपडा भिजाएर निचोर्ने । उ्क्त कपडाले शिशुको शरीर राम्ररी पुछिदिने गरौं ।
६) यो सिजनमा शिशुलाई कपडाको एलर्जी हुनसक्छ । उनीहरुलाई ऊनी कपडाको साटो सूती कपडा लगाइदिनुपर्छ ।
७) राती सुत्ने समयमा तुलसीको रस शिशुको नाक र तालुमा लगाइदिनुपर्छ । तुलसीको रसले चिसो लाग्दैन । तुलसीको रसमा थोरै मह मिसाएर चटाउन सकिन्छ ।
८) विहान शिशुलाई मह चटाउनुपर्छ । यस प्रयोगले शिशुलाई चिसोको प्रकोप हुँदैन ।
९) शिशुलाई नुहाउन अघि हातमा मह लगाएर त्यसमा कागतीको रस निकालेर छातीमा लगाइदिनुपर्छ ।
१०) नवजात शिशु सुत्ने स्थान आसपासमा एउटा प्याज कुटेर राखिदिनुपर्छ । यो प्याजको गन्ध वायुमण्डमा मिसिएर चिसोको असर कम गर्छ ।
११) जुन कोठामा शिशुलाई सुताइन्छ, त्यहाँको झ्याल बन्द गर्नु हुँदैन ।
१२) झ्याल खोलेर त्यहाँ तुलसीको बोट राख्नुपर्छ । त्यसको छेउछाउमा ताजा कागती बाँधेर राख्नुपर्छ । यसले नवजात शिशुलाई चिसोको प्रकोपबाट बचाउँछ ।
१३) कहिले कहिं मनतातो पानीमा नीमको पात मिसाएर त्यसले शिशुलाई स्पन्ज गर्ने ।
१४) चिसोबाट शिशुलाई बचाउनका लागि उसलाई खुब हँसाइराख्नुपर्छ । यदि रुँदैछ भने पनि केहि समय चुप रहन नदिने । चिसोबाट बचाउने यो एक किसिमको प्राणायाम हो ।
१५) यदि शिशु दिनभर चुप रहन्छ भने चिसो लाग्न सक्छ । चुपचाप रहने शिशुको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ ।


जाडोमा के समस्या हुनसक्छ ?


– सामान्य ज्वरो
– निमोनिया
– ब्रोन्काइटिस
– कानको संक्रमण
– मस्तिष्क ज्वरो
– भाइरल फिवर


तर धेरै ज्वरो आएमा, सास फेर्न गाह्रो भएमा, आमाको दुध चुस्न छाडेमा, अत्याधिक सुस्त देखिएमा चिकित्सककहाँ लैजानुपर्छ ।

 

२०७४ पुस १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्