भारतको औरंगाबादमा बस्ने १२ वर्षीय पृथ्वीराज पाटिल सिद्धार्थ गार्डन एन्ड जूमा परिवारसहित घुम्न गएका थिए ।। त्यहँका बाघहरू बसिरहेको देखे र उनले बाघहरूलाई धेरै बेर हेरिरहे ।
बाघहरू खाना मात्र खान्थे अनि अलिकति डुलेर फेरि आएर बस्थे । पृथ्वीराजले जूका सबै बाघ सुस्त भएका अनि उनीहरूलाई सक्रिय बनाउनुपर्ने निक्र्यौल गरे ।
त्यसपछि उनले आफ्नो फूटबल बाघहरू भएतिर फ्याँकिदिए । फूटबल देख्नेबित्तिकै बाघहरू सक्रिय भएर खेल्न थाले । उनीहरूले लामो समयसम्म फूटबल खेलिरहे । त्यसपछि पृथ्वीराजले चिडियाखाना प्रशासनका मानिसलाई बाघहरूलाई सक्रिय बनाउने विषयमा आइडिया दिए ।
शुरुमा त चिडियाखाना प्रशासनका मानिसले पृथ्वीराजको कुरा पत्याएनन् तर उनीहरू बाघहरूले फूटबल खेलेको देखेपछि छक्क परे ।
अनि उनीहरूले औरंगाबाद नगरपालिकालाई जनावरहरूका लागि फूटबल खेलाउने प्रस्ताव गरे र त्यो प्रस्ताव पारित भयो ।
आजकल चिडियाखानाका कर्मचारीहरू बाघ भएको ठाउँमा फूटबल फ्याँक्छन् अनि बाघहरू घन्टौंसम्म त्यो खेलेर बस्छन् ।
चिडियाखानामा रहेका बाघहरूलाई सक्रिय राख्नका लागि फुडबल दिनुपर्ने एक बच्चाले आइडीयाको कारण अहिले फूटबलसँग खेल्ने बाघ हेर्न सयौं मानिसको भीड लाग्ने गर्छ ।
(एजेन्सी)
प्रतिकृया दिनुहोस्