भारतको तल्लो सदन लोकसभाले श्रीमानले एकैचोटिमा तीन पटक तलाक भनेर श्रीमतीलाई पारपाचुके दिने कार्यलाई अवैध बनाउने कानून बिहीवार पारित गरेको छ ।
मुसलमान महिला विवाह अधिकार संरक्षण विधेयक पारित गरेपछि अब तीन तलाक भन्ने पतिहरू जेल जानुपर्ने हुन्छ । तीन तलाकलाई दण्डनीय अपराध मानेर तीन वर्षको कारावास सजाय तथा जरिवानाको व्यवस्था समेत गरिएको छ ।
लोकसभाबाट पारित भएको यो विधेयक अब राज्यसभामा पेश हुनेछ । राज्यसभामा सत्तारूढ भारतीय जनता पार्टीको बहुमत नभएकाले यसलाई पारित गराउन अलिक गाह्रै हुने अनुमान गरिएको छ । विपक्षी दलहरूले विधेयकमा दण्डविधानलाई संशोधन गर्नुपर्ने माग राखेका छन् ।
मुस्लिम धर्मको मान्यता अनुसार कुनै पनि श्रीमानले आफ्नो श्रीमतीलाई कुनै पनि मन नपरेको कुरामा एकैपटक तलाक, तलाक, तलाक भन्यो भने श्रीमतिसंगको सम्बन्ध बिच्छेद गर्न सक्छ । यदि तलाक भनिसकेको श्रीमति त्यहि श्रीमानसंग बस्न चाहिन वा अनुरोध गरेर श्रीमानलाई मनाइन भने अर्को पुरुषसंग शारीरिक सम्पर्क राखेर मात्र बस्न दिइने परम्परा छ ।
(एजेन्सी)
प्रतिकृया दिनुहोस्