Birendranagar Municipality

शताब्दी–पुरुष सत्यमोहन जोशीले विश्वास गरेका 'शिशिर'

सेरोफेरो
शताब्दी–पुरुष सत्यमोहन जोशीले विश्वास गरेका 'शिशिर'

२८ वैशाख । संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीले एक दिन गायक शिशिर योगीलाई फोन गरेर आफ्ना केही सृजनालाई संगितमा ढाल्न अनुरोध गर्नुभयो । सत्यमोहन जोशीले गायक शिशिर योगीलाई भन्नुभएछ– ‘तपाईंको फुर्सदमा मेरो घरमा पाल्नूस् न चिया खान।’ जोशीको फोन आउदा के बोल्ने भएका शिशिरले खुसीले गद्गद् हुदै आउने बाचा गर्नुभयो ।

 

विभिन्न कामको तनावका कारण सत्यमोहनको उक्त प्रस्तावलाई शिशिरले भुल्नुभयो । उहाँले भन्नुभयो 'करिव छ महिना पछि एक्कासी मैले सम्झिए अनी अप्ठ्यारो मान्दै शताब्दी पुरुषलाई भेट्न उहाँको घर पुगे ।' गायक योगीले भन्नुभयो 'शताब्दी पुरुषले चिया र बिस्कुटको सत्कारसँगैै एउटा कविता ल्याएर दिँदै भन्नुभयो, ‘मसँग थुप्रै कविताहरु छन् । यिनलाई लय हालेर गीत बनाउन मिल्छ कि? मलाई यतापट्टि पनि रहर जागेको छ । तपाईंका गीतहरू मैले सुनेको छु । तपाईंले गर्न सक्नुहुन्छ होला !’

 

उहाँको यो कुरा सुनेर म ज्यादै हर्षित भए, गायक योगीले भन्नुभयो 'यो मेरो कल्पना भन्दा बाहिरको कुरा हो । मेरो संगितिक जिवनको बिर्सन नसकिने सुखद् घटनाको रुपमा लिन्छु ।'


सत्यमोहन जोशीले भनेका कुरा स्मरण गर्दे गायक योगीले भन्नुभयो, 'शताब्दी पुरुषले मलाई शिद्धको उपाधी दिनुभयो, जसले मलाई झन् जिम्बेवार बोध गराएको छ । उहाँले मेरा गित सुनेको बताउदा झन् खुसी भएँ ।'

 

गीतिसङ्ग्रह ‘क्रान्तिका लहर’ मा सात संगितकार :
गायक शिशिर योगीले गीतिसङ्ग्रहलाई 'ईन्द्रेणी'को उपमा दिनुभयो । उहाँले भन्नुभयो 'देशले मानेको व्यक्तिको सृजनालाई अमर बनाउनको लागी यसमा एक होईन सात संगितकारले संगितको रङ्ग भर्नुभएको छ ।'

 

गायक योगीले भन्नुभयो, 'यससंगै चर्चित गायिकाहरुले समेत यसमा स्वर दिनुभएको छ । सातवटा गितहरुका विभिन्न रङ्गहरु छन् ।'


गीतिसङ्ग्रह 'क्रान्तिका लहर'मा शिशिर योगीले पाँचवटा गितमा स्वर दिनुभएको छ । कुन्ती मोक्तान र मेलीना राईले समेत यस गीति संङ्ग्रहमा आवाज दिनुभएको छ ।


गायक शिशिर योगीले संगितकार सन्तोष श्रेष्ठको संगितमा रहेको 'माटो', संगितकार शक्ति बल्लभको संगितमा 'म हुँ एक पहरेदार', संगितकार राजन राज शिवाकोटीको संगितमा 'मूजुरको फुल', संगितकार राजु सिंहको संगितमा 'मेरा सपनाहरु' र संगितकार रामेश श्रेष्ठको संगितमा 'सारंगीको आत्मकथा' गितमा स्वर दिनु भएको छ ।


यसैगरी संगितकार आलोक श्री को संगितमा रहेको "म" गितमा कुन्ती मोक्तानले स्वर दिनुभएको छ । मेलीना राईको स्वरमा रहेको गित 'परालको त्यान्द्रो'मा संगितकार राजकुमार श्रेष्ठले संगित भर्नुभएको गायक योगीले जानकारी दिनुभयो । म्यूजिक नेपालको सम्पुर्ण लगानी रहेको गीतिसङ्ग्रह 'क्रान्तिका लहर' बजारमा ल्याउने तयारीमा रहेको गायक शिशिर योगीले बताउनु भयो ।

२०७७ वैशाख २८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्