Birendranagar Municipality

लोकतान्त्रिक समयमा पनि देउबा निरङ्कुश नै रहेछन्

Anamol 1

अनमोल अविनाश

आफू विरुद्ध आफैले अविश्वासको प्रस्ताव राखेर प्रधानमन्त्री बनेका माओवादीका अध्यक्ष प्रचण्डले भुकम्प पिडितलाई हेलिकप्टर बाट भए पनि राहत वितरण गर्छु, आवासको ब्यबस्था गर्छु, भुकम्प पिडितलाई एक मुष्ट ५ लाख वितरण गर्छु भने तर हाम्रो विडम्बना भुकम्प पिडित जनताको टहरो माथी होलीकप्टर उड्यो । उल्टै टहरो भत्कियो तर देश र जनता प्रति उत्तरदायि बनेर कर्तव्य पालन गर्न सकेनन् । सके त नेपालको राष्ट्रियता र जनताको स्वाधीनता, स्वाभिमानमा आँच पुर्याउँदै भारतीय बफादारीता निभाउन । त्यो बेलाको जाडोमा अधिकांश भुकम्प पिडितहरू च्यातिएको पालमुनी सितको छानोमा टुसारोको सिरानीमा ढल्लिएर बस्न विवश भए । ति भुकम्प पिडितका छाप्रोले त्यो ठन्डी त छेक्न सकेन, हुरी, बतास, पानी छेक्न पनि सकेन । 

 

सत्तारूढ दल प्रचण्ड , शेर बहादुरहरुलाई यस्ता जनजीवीकाको समस्याले कहिल्यै छुन् सकेन । उहाँहरूलाई त्यो बेला कसरी हुन्छ भारतीय प्रभुलाई रिझाएर सत्ता समिकरण कसरी हुन्छ टिकाउन, कथित संविधान संसोधन पास गराउन, सांसद खरीद बिक्रीका लागि दौडधुप गर्नमा, प्रहरी फोर्समा हस्तक्षेप गर्न, दर्जनौँ भ्रष्टाचारका मुद्धाका फाइल पल्टाउन साथ न्यायमुर्ति माथि महाअभियोग लगाउन फुर्सद भएन् । तर गम्भीर प्रश्न यहाँनिर छ कि पास हुन् नसक्ने संविधान संसोधनको प्रस्ताव र महाअभियोगको प्रस्ताव किन र कसलाई खुसी बनाउन लगियो ?


ति दिनमा आफू विरुद्ध आफैले अविश्वासको प्रस्ताव राख्ने माओवादी प्रति जनताको विश्वास नरहेको आज भएका स्थानीय तहका निर्वाचनका परिणामले बताइसकेको छ । यसर्थ जनता बिचबाट बढारीएकाहरूको विषयमा बोल्न आवश्यक थिएन । तर आज माओवादी जुन अबस्थामा छ उसकै राजनीतिक सत्रु मानिएको नेपाली कांग्रेसको आशीर्वादले छ । पहिचानको कुरा गरेर जातीय वृताण्ड मच्याउने माओवादी आज आफ्नै पहिचान पत्तो नपाउने गरि बढारीएको अबस्थामा यो दलबाट देश र जनताले कुनै आशा राख्न चाहँदैनन् । संघीय लोकतान्त्रीक गणतन्त्र हाम्रो उपलब्धि हो भनेर नथाक्ने प्रचण्डले संसदमा छोरी रेणुलाई ‘छोरी तिमीले हारे पनि जित्छौ, जिते पनि जित्छौ’ भनेर भनेँ भन्नुको अर्थ र आशय के हो ? भरतपुरका जनताको अभिमतको अवमुल्यन गरि जसरी हुन्छ प्रचण्डको छोरी रेणुले नै जित्ने ? यसको कारण के हो ? भरतपुरका जनताले आफ्नो स्वतन्त्र मताधिकार प्रयोग गर्न किन पाएनन् ?


तत्कालीन अबस्थामा माओवादीले ससस्त्र युद्धको थालनी गर्नु आफैमा गलत थियो । १७ हजार जनताको ज्यान लिने माओवादी त्यो अबस्थामा आतङ्ककारी बन्यो भने उसलाई आतङ्ककारी बनाउने शेर बहादुर के बने ? इतिहास साँक्षि छ । शेर बहादुर देउवा प्रधानमन्त्री हुँदा माओवादी संग उनले बार्ता गर्न नचाहेरै माओवादी जङ्गल छिरेको थियो । संकटकाल लगाएर जनअधिकार खोसे, समस्याको समाधानका लागि बार्ता र संवाद आवश्यक नठानी माओवादीलाई आतङ्ककारी घोषणा गरे, माओवादीको टाउकाको मुल्य तोके, मुलुकमा प्रतिगमन शुरु गरे, जनाधिकार तत्कालीन राजालाई सुम्पेर निरङ्कुश शासन चलाए ।

 

मलाई अचम्म यहाँनिर लाग्छ कि पटक पटक असक्षम र खराबको उपनाम पाएका ब्यक्तिलाई आफूले आफूलाई लोकतन्त्रको मालिक सम्झने नेपाली कांग्रेसले कुन आधारमा योग्य सम्झेर पार्टीको सभापति बनायो ? नेपाली कांग्रेस भारतीय रिमोर्ट हो भन्दा खास फरक पर्दैन किनभने उसका इतिहास र आजका बर्तमान रबैया जनताको अगाडि प्रमाणको रूपमा खडा छ । स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न, गराउन नसकेर २ नम्बर प्रदेशको स्थानीय तहको निर्वाचन सार्ने देउवाको असक्षमताले निरङ्कुश समयका शासकलाई लोकतन्त्रमा प्रधानमन्त्री बनाउँदैमा लोकतान्त्रीक हुन्छन् भन्ने आधार देखिँदैन । केही दिन अगाडिको साझा सवालमा जनताको प्रश्नमा रिसाउँदा होस् या उत्तर दिँदा सन्काह पारामा प्रस्तुत भएको उनको क्रियाकलाप होस् यी तथ्यगत प्रमाण हुन् ।


यो सरकारको योजना र भिजन के हो ? न कुनै योजना छ न कुनै भिजन छ । यस्तो ‘धुर्बेहात्ती’ सरकारले देश र जनतालाई कहिले निकाश र विकास दिन्छ ?
सप्तरी लगायत मुलुकका धेरै ठाउँका जनता बाढीपिडित छन् । कयौँले ज्यान गुमाएका छन् । कयौँ बस्ती डुवानमा परेका छन् । कयौँ जनता ज्यान जोगाउन घरबार छोडेर अलपत्र परेका छन् । धेरै बस्तीहरू जोखिमपूर्ण छन् । तर यो अहँकारी निरङ्कुश सरकार पिडित जनताको उद्धार र राहतका लागि खास जिम्मेवार बिहिन बन्दै मन्त्रालय बाँडफाँडमा ब्यस्त छ । यो सत्तारूढ दललाई जनताको जिउधन भन्दा पनि सत्ताको बार्गेनिङ ठुलो छ । लोकतन्त्र आएपनि सत्तारूढ दलको निरङ्कुश शासन पद्धतिमा कुनै फेरबदल आएन । जनताले सरकार भएको महसूस गर्न पाएका छैनन् । जनतालाई रैति बनाएर निर्वाचनमा जनतालाई लाठी लगाएर जसरी हुन्छ आफूले जित्नुपर्ने यो लोकतान्त्रीक परिवेशका निरङ्कुस शासकको अत्याचार र मध्यम बर्ग माथीको थिचोमिचो कहिलेसम्म सहनु पर्ने हो हामीले ? परिवेश र समय फेरिए पनि ब्यक्तिको प्रवृत्ति फेरिन सकेन भने नयाँपन पाउन कठिन रहेछ, आज शेर बहादुरको रबैयाले प्रष्टायो ।

 

यसैक्रममा अहिले सत्तारूढ दल सत्ताको दुरुपयोग गरि एमाले माथि आक्रमणमा उत्रेको छ । जनधनको सुरक्षाको जिम्मा लिने भन्दै सरकार चलाउने अनि आफै आतंक मच्चाउने ? माओवादीले जंगली व्यवहार नसुधार्नले रोल्पा अब एमाले किल्ला हुदैछ । वाईसियल होईन ‘ओई स्याल’मा रुपान्तरणको अन्तिम विन्दु स्वरुप युवा संघ रोल्पाको नेता प्रतिको आक्रमण हो । निभ्नै लागेको वत्तिको धिपधिपे पाराको पराकाष्ठा हो यो । यस्ता प्रवृति र घट्ना कुनै हालतमा सैह्य छैन । सरकारले यस्ता घटनामा संलग्न अपराधीलाई कानुनी दायरामा तुरुन्त ल्याओस ।

 

सरकारले हाम्रो संयमिततालाई कमजोरी सम्झन्छ भने त्यो दुर्भाग्यवस् गरिएको भुलले भोलि ठुलो क्षेती ब्यहोर्नु पर्ने छ । यस्ता निरङ्कुश राज्यका शासकबाट अब जनताले विकास, निर्माण र आर्थिक सम्वृद्धिको आशा गर्ने आधार के रह्यो ? बाढी पिडित र भुकम्प पिडितका छिटै न्यानो छानो मुनि बस्ने सपना कहिले पुरा हुन्छ सरकार ? जनताले स्वतन्त्रपूर्वक बोल्न पाउने, हिँड्न पाउने र आफ्नो खुसीले मताधीकार प्रयोग गर्न पाउने दिन कहिले आउँछ सरकार ?

 

२०७४ असार २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्