२६ कार्तिक । नेपाल विद्युत् प्राधिकरणको कायम मुकायम कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् ।
प्राधिकरणको बुधबार बसेको सञ्चालक समितिको बैठकले शाक्यलाई कामु कार्यकारी निर्देशकको जिम्मेवारी दिएको जनाइएको छ ।
विद्युत् प्राधिकरण अन्तर्गतकै इन्जिनियरिङ कम्पनीमा प्रबन्ध निर्देशक रहनुभएका शाक्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सोमबार निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका थिए । ।
मङ्गलबार कामु कार्यकारी निर्देशकको जिम्मेवारी पाएपछि शाक्य प्राधिकरणको कार्यकारी निर्देशक शाक्य बन्ने पक्का जस्तै थियो ।
गएको भदौ २९ गते कुलमान घिसिङ बाहिरिएसँगै प्राधिकरण कार्यकारी निर्देशकविहीन भएको थियो ।
प्रतिकृया दिनुहोस्