३१ बैशाख । सुर्खेतमा जारी निषेधाज्ञा २०७८ जेठ १५ गतेसम्म थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले जेठ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो । यसअघि वैशाख १४ गते राति १२ बजेबाट जारी गरिएको निषेधाज्ञा वैशाख ३१ गते राति १२ बजेबाट सकिँदैछ ।
जिल्ला कोभिड (१९) संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को सिफारिसमा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले आदेश जारी गर्नुभएको छ ।
यदि कसैले निषेधाज्ञा उल्लंघन गरेमा संक्रामक रोग ऐन, २०२० को दफा ३ बमोजिम एक महिना कैद वा एक सय जरिवाना वा दुवै सजाए हुने प्रशासनले जारी गरेको छ ।यसैगरी आदेशको कार्यान्वयनमा बाधा पुर्याएमा छ महिना सम्म कैद र छ सय सम्म जरिवाना गर्ने प्रशासनले जनाएको छ ।
निषेधाज्ञा अवधिभर सार्वजनिक यातायात, निजी सवारी साधन, तालिम गोष्ठी, सेमिनार, समुदायसँग प्रत्यक्ष सम्पर्क गरी सञ्चालन गरिने विभिन्न कार्यक्रम बन्द गर्न प्रशासनले आग्रह गरेको छ । तर अत्यावश्य बस्तु तथा सेवा संचालनमा बाधा नपुग्ने प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट जारी आदेशको पूर्णपाठ:


प्रतिकृया दिनुहोस्