Birendranagar Municipality

'अनुकुलन'ले ल्यायो रुपान्तरण

सिता वली/सुर्खेत
'अनुकुलन'ले ल्यायो रुपान्तरण

११ पुस । सुन्दर नेपाल संस्थाबाट संञ्चालीत अनुकुलन परियोजनाले आफ्नो जीवनमा रुपान्तरण ल्याएको परियोजनाका प्रत्यक्ष लाभग्राहीहरुले बतााएका छन् ।

 

संस्थाले मंगलबार वीरेन्द्रनगरमा आयोजना गरेको जिल्ला स्तरिय अनुभव आदानप्रदान तथा परियोजना समापन कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

 

लेखपराजुलकी कलशा रावलले आफ्नो अनुभव साट्ने क्रममा भनिन् ‘ जीवनमा हरियो तरकारी त देख्नै पांईदैन होला भन्ने लाग्थ्यो तर आजभोली तरकारी फलाएर आम्दानी गर्ने बनायो सुन्दर नेपालले ।’

 

त्यस्तै अर्का लाभग्राही डिल्लिराम बनले सुगन्धित तेलबाट थुप्रै आम्दानि भएको बताए । उनले भने ‘सुन्दर नेपाल संस्थाको अनुकुलन परियोजना नाम मात्र होइन काम पनि कृषक अनुकुलनै छ । आज हामीहरुको जिवन परिवर्तन गरेको छ । यस्ता खालका थुप्रै परियोजना छन् जसका कारण धेरै लावान्भित भएका छन् ।

 

कार्यक्रममा जिल्ला स्थित विभिन्न सरोकारवाला निकायहरुले कार्यक्रमले पारेको प्रभावको प्रशंसा गर्दे आगामी दिनमा समुदायको थप सशक्तिकरणको लागि परियोजनाले काम गर्नुपर्ने सुझाव दिए ।


कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका अध्यक्ष छविलाल सिग्देलले सुन्दर नेपालले गरेका धेरै कामले जनता लाभान्वित भएका छन् । रोग लागी सकेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिने उपाय महान हो जो सुन्दर नेपाल संस्थाले गरिराखेको छ ।

 

कार्यक्रममा प्रगती प्रतिवेदन सुदर नेपाल संस्थाका कार्यकारी निर्देशक भुपेन्द्रप्रसाद कंडेलले गरेका थिए । कार्यक्रम सुन्दर नेपाल संस्थाकी कोषाध्यक्ष माया सापकोटाको अध्यक्षता तथा जिल्ला समन्वय समितिका अध्यक्ष छविलाल सिग्देलको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।

२०७४ पुस ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्