Birendranagar Municipality

केपी र पुष्पकमल बीच भेटवार्ता

सेरोफेरो
केपी र पुष्पकमल बीच भेटवार्ता

१२ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।


भेटमा उनीहरूबीच पार्टी एकता, सरकार गठन, राष्ट्रियसभा अध्यादेश लगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

 

दुइ नेताविचमा केहि दिन यता भेट हुन सकेको थिएन । उनिहरु विच राजनीतिक वातावरण सहज बनाएर पार्टी एकतालाई अघि बढाउने समझदारी भएको समेत जनाइएको छ ।

 

केही दिनभित्रमै संयोजन समितिको बैठक बोलाएर पार्टी एकताको प्रक्रिया अघि बढाउने समझदारी समेत भएको छ ।

 

२०७४ पुस १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्