१२ पुस । छायाँनाथ रारा नगरपालिकाका १६ जना कार्यपालिका सदस्यहरुले मेयर हरिजंङ्ग शाहिको कार्यशैली प्रति सामुहिक असन्तुष्टि जनाएका छन् । नगरपालिकाका बहुमत कार्यपालिका सदस्यहरुद्धारा हस्ताक्षरित विज्ञप्तिमा मेयर शाहिले कार्यापालिका सदस्य र वडा अध्यक्षहरु प्रति अमानविय व्यवहार देखाएको उल्लेख गरिएको छ ।
नगरपालिकाको मेयर जस्तो गरिमामय पदमा आसिन व्यक्तिले समन्वयकारी भुमिका खेल्नुको सट्टा स्थानिय सरकार संचालन ऐन २०७४ को मर्म विपरित पासग युगिन मनोविज्ञान प्रर्दशन भयो विज्ञप्तिमा भनिएको छ ।
कानुनी राज्यको उपहास रोक्न तथा मेयरको अधिनायकवादी शैलीलाई नसच्याईएमा कानुनी उपचार खोजिने पनि समेत उल्लेख गरिएको छ । मेयर शाहिले निर्णय प्रक्रिया तथा व्यतिगत स्वार्थका कारण आफुहरुलाई अभिभावकिय भुमिका नदेखाएको १६ जना कार्यपालिका सदस्यहरुको दुखेसो रहेको छ ।

प्रतिकृया दिनुहोस्