१३ पुस । प्रतिनिधिसभा तथा प्रदेश सभामा सुर्खेतबाट निर्वाचित जनप्रतिनिधिका आगामि ५ बर्षका ५ योजना यस्ता छन् । निर्वाचनमा पराजित उनीहरुलाई निकटतम प्रतिस्पर्धीका ५ सुझाव जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

धुर्वकुमार शाही, प्रतिनिधिसभा सदस्य क्षेत्र नं.१, सुर्खेत
नेकपा एमाले (निर्वाचित)
१. विद्युतिकरण गर्ने ।
२. भुमिहीनलाई जग्गा उपलब्ध गराउने ।
३. कृषि क्षेत्रको विकास गरी रोजगारी सिर्जना गर्ने ।
४. यातायात तथा भौतिक पुर्वाधार विकास गर्ने ।
५. सिंचाई तथा खानेपानीको प्रबन्ध गर्ने ।

पूर्णबहादुर खड्का, नेपाली काँग्रेस (प्रतिस्पर्धी)
केही भन्न चाहेनन् ।

नवराज रावत, प्रतिनिधिसभा सदस्य क्षेत्र नं.२, सुर्खेत
नेकपा एमाले (निर्वाचित)
१. सुर्खेतको वीरेन्द्रनगरलाई प्रदेश ६ को राजधानी बनाउन पहल गर्ने ।
२. सुर्खेत उपत्यका चक्रपथ निर्माण तथा बाङ्गेसिमलबाट डोटी जोड्ने सडक निर्माण गर्न पहल गर्ने ।
३. बाङ्गेसिमलदेखि लगामसम्म विद्युत्को राष्ट्रिय प्रशारण लाइन जडान गर्ने ।
४. सुकुम्बासीलाई लालपुर्जाको व्यवस्था गर्ने ।
५. पर्यटकीय स्थलहरु काँक्रेविहार, देउतीबज्यै, बराहताल, चमेरेगुफा, पाँचतले गुफा र तहतालको संरक्षण तथा विकास गर्ने ।

ह्दयराम थानी, नेपाली काँग्रेस (प्रतिस्पर्धी)
१. राजनीतिमा इमान्दारिता देखाउनुपर्छ ।
२. भईरहेका विकास निर्माणलाई यथासक्य छिटो सम्पन्न गर्नुपर्छ ।
३. प्रदेश नं. ६ को राजधानी हुने सुर्खेतको समग्र विकासमा ध्यान दिनुपर्छ ।
४. गुटुमा रहेको चौकुने सिमेन्ट तथा लखरपाटा सिमेन्ट खानीलाई छिटोभन्दा छिटो संचालन गर्नुपर्छ ।
५. बड्डीचौर–बेनीघाट सडक निर्माण गर्नुपर्छ ।

ठम्मर बिष्ट, प्रदेशसभा सदस्य क्षेत्र नं.१ (क), सुर्खेत
नेकपा माओवादी केन्द्र (निर्वाचित)
१. यातायात
२. विद्युत
३. सुकुम्बासीलाई लालपुर्जा वितरण
४. खानेपानी
५. सिंचाई

टेकबहादुर सिंह, नेपाली काँग्रेस (प्रतिस्पर्धी)
१. सुकुम्बासी समस्या हल गरी लालपुर्जा वितरण गर्नुपर्छ ।
२. शिक्षाक्षेत्रमा भएको राजनीतिको अन्त्य गर्नुपर्छ ।
३. राम्रो काम गर्नेलाई प्रोत्साहन गर्नुपर्छ ।
४. रोजगार सिर्जना गर्नुपर्छ ।
५. अपुरा विकासका काम पुरा गर्ने र भ्रष्टाचार मुक्त समाज निर्माण गर्नुपर्छ ।

खड्कबहादुर खत्री, प्रदेशसभा सदस्य क्षेत्र नं.१ (ख), सुर्खेत
नेकपा एमाले (निर्वाचित)
१. संविधान कार्यान्वयन गर्न पहल गर्छु ।
२. छिन्चु देखी मटेला सडक निमार्ण गर्छु ।
३. सुकुम्बासीलाई लालपुर्जा वितरण गरी बसोबास व्यबस्थित गर्छु ।
४. भेरी–बबई सिंचाई योजनालाई प्राथमिकता दिन्छु ।
५. मादक पदार्थ सेवन नियन्त्रण गर्छु ।

झकबहादुर डाँगी, नेपाली काँग्रेस (प्रतिस्पर्धी)
१. राजनीतिक दुराभावना राख्नुहुन्न ।
२. स्थानीय आवश्यकतालाई ध्यान दिएर विकास निर्माण गर्नुपर्छ ।
३. भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ ।
४. पार्टीगत आधारमा कसैलाई भेदभाव गर्नुहुन्न ।
५. प्रदेशको राजधानी सुर्खेतमै बनाउन पहल गर्नुपर्छ ।

यामलाल कंडेल, प्रदेशसभा सदस्य क्षेत्र नं.२ (क), सुर्खेत
नेकपा एमाले (निर्वाचित)
केही भन्न चाहेनन् ।

कमलराज रेग्मी, नेपाली काँग्रेस (प्रतिस्पर्धी)
१.जनताका पक्षमा काम गरुन् ।
२. पुर्वाधार विकासमा ध्यान दिउन् ।
३. जनविधिलाई ध्यान दिउन् ।
४. महिला, दलित, जनजाती तथा पिछडिएका बर्गलाई विशेष ध्यान दिउन् ।
५. अशल र राम्रा काम गरुन्, भ्रष्टाचार नगरुन् ।

बिन्दमान बिष्ट, प्रदेशसभा सदस्य क्षेत्र नं.२ (ख), सुर्खेत
नेकपा एमाले (निर्वाचित)
१. बड्डीचौर देखि लगामसम्म पक्की सडक निर्माण गर्ने ।
२. चिसापानी–जंगलाघाट–अछाम विद्युत्को राष्ट्रिय प्रशारण लाइन निर्माण गर्ने ।
३. सुर्खेत–भुरीगाउँ सडक निर्माण गर्ने ।
४. खानेपानी वितरणको व्यवस्था मिलाउने ।
५. सिंचाईको समस्या हल गर्ने ।

तप्तबहादुर विष्ट, नेपाली काँग्रेस (प्रतिस्पर्धी)
१. मैल बनाएका २२ वटा झोलुङ्गे पुल नभत्काउनु
२. मैले बनाएका ८ वटा पक्की पुल नभत्काउनु ।
३. मैले बनाएको दुईतले माध्यामिक विद्यालय नभत्काउनु ।
४. मैले बनाएका सडक नभत्काउनु ।
५. मैले बनाएका स्वास्थ्य चौकी नभत्काउनु ।
प्रतिकृया दिनुहोस्