Birendranagar Municipality

सेरोफेरो डट कमको औपचारिक शुरुवात

सेरोफेरो डट कमको औपचारिक शुरुवात

२० बैशाख/ सुर्खेत- विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारी सेरोफेरो डट कम अनलाइन अखबारको औपचारिक शुरुवात भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालाले बुधवार उक्त अनलाइनको शुरुवात गरेका हुन् । उनले कम्प्युटरमा www.serophero.com लेखि इन्टर बटन थिचेर अनलाइनको औपचारिक शुरुवात गरेका हुन् ।


सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा सेरोफेरो डट कमको शुरुवात गरिएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारती, जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेल र उपकुलपति कोइरालाले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । उपकुलपतिले अनलाइन ज्ञानको भण्डार हुनुपर्ने सुझाब दिएका थिए । भने सेरोफेरो डट कमले ‘सूचना आतंक’ लाई निषेध गर्दै सत्य, न्याय र शान्तिको पक्षमा समाचार प्रसारण गर्ने सम्पादक टीका विष्टले जानकारी गराइन् ।


सेरोफेरो डट कम को कार्यालय सुर्खेतको वीरेन्द्रनगर तथा काठमाडौंको बबरमहलमा रहेको छ ।

२०७४ बैशाख २० मा प्रकाशित

प्रतिकृया दिनुहोस्