Birendranagar Municipality

गृह मन्त्रालयको जिम्मा पाउलान् त लालबाबु पण्डितले ?

सेरोफेरो
गृह मन्त्रालयको जिम्मा पाउलान् त लालबाबु पण्डितले ?

१४ पुस । एमालेका नेता एवं पुर्वमन्त्री लालबाबु पण्डितले आफूले गृह मन्त्रालयको जिम्मेवारी पाए अहिले भईरहेको मध्ये ५० प्रतिशत अपराध न्यूनिकरण गर्ने दाबी गरेका छन् ।


रफत सञ्चार क्लबमा शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पण्डितले राजनीति र अपराधको साँठगाँठकै कारण हुने अपराध न्यूनिकरणको उपाय आफूसँग भएको र त्यहि कार्यनीति र रणनीतिका साथ अघि बढे अपराध न्यूनिकरण जुनसुकै मन्त्रीले गर्न सक्ने दाबी गरे ।


हरेक मन्त्रीले पाएको जिम्मेवारी इमान्दारीका साथ निर्वाह गर्न सके देशले १० बर्षमै कुशल बिकासको फड्को मार्न सक्ने बताउँदै मन्त्रीले सफलता पूर्वक इमान्दार भएर काम गरे बिदेशमा भएका युवाहरुलाई स्वदेशमै काम दिएर बिदेशबाट आएको रेमिट्न्यासले देश चलाउने कामको अन्त्य हुने बताए । २० बर्षमै नेपाललाई दातृ राष्ट्रको रुपमा समेत बिकास गर्न सकिने दाबी गर्नु भयो ।


बामगठबन्धनको एकिकरण पदको कारणले नभएर दुवै पार्टीको नेतृत्वको सहमति अनुसार सबै पद बाँडफाँड पश्चात पार्टी एकिकरण हुने भन्दै उनले माघ ७ गतेभित्रै नयाँ सरकार गठन हुने र त्यसको नेतृत्व एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने जिकिर गरे ।

२०७४ पुस १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्