Birendranagar Municipality

सुर्खेतको दोस्रो पूर्णसरसफाइ उन्मुख गाउँ घोषणा

सेरोफेरो
सुर्खेतको दोस्रो पूर्णसरसफाइ उन्मुख गाउँ घोषणा

१४ पुस । सुर्खेत जिल्लाको सरसफाइ अभियानले तिव्रता लिइरहेको अवस्थामा सुर्खेत जिल्लाका विभिन्न गाउँहरु (साविकका वडाहरु) धमाधम पूर्ण सरसफाइ उन्मुख घोषणा हुने क्रम बढेको छ । यसैविच शुक्रवार सिम्ता गाउँपालिका वडा नं ४ स्थित नाड टोललाइ पूर्णसरसफाइ उन्मुख टोलको रुपमा घोणणा गरिएको छ । 

 

वडा कार्यालयको आयोजना तथा सिम्ता गाउँपालिका र सुन्दर नेपाल संस्थाको सहयोगमा उक्त गाउँका ११० घरधुरीलाइ घोषणा गरिएको हो । पूर्ण सरसफाइका विभिन्न आधारभुत सुचकहरु पुरा गरी सरसफाइ र स्वच्छताको क्षेत्रमा नमुना गाउँको रुपमा समेत यो गाउँ रहेको छ ।


कार्यक्रममा सुन्दर नेपाल संस्थाका कार्यक्रम संयोजक गणेश वलीले सरसफाइ कहिल्यै नसकीने विषय भएको भन्दै सरसफाइमा आनीबानी परिवर्तनमा जोडदिनु पर्ने बताए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष चन्द्राकला शाहीले महिलाको नेतृत्वमा संचालिन सरसफाइ अभियानले गाउँको मुहार फेरेकोले यसलाइ निरन्तरता दिनुपर्नेमा जोड दिइन् । सरसफाइ सभ्यताको प्रतिक भएकोले नेपाल सरकारको यो महाअभियानलाइ सवै मिलेर सफल बनाउनु पर्नेमा शाहीले जोड दिइन् ।


कार्यक्रममा सिम्ता गाउँपालिकाका एवं गाउँपालिका स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष कविन्द्र कुमार केसीले सुचना प्रविधिको विकास संगै सरसफाइका विभिन्न पक्षहरुमा समेत समयअनुसार परिवर्तन आइरहने भन्दै यसलाइ निरन्तरताको खाँचो औल्याय । साथै उनले राम्रो सिम्ता निर्माणको महत्वपुर्ण सुचक समेत सरसफाइ र स्वच्छता भएको बताए । अध्यक्ष केसीले नमुना गाउँलाइ होमस्टेको रुपमा समेत विकास गरिने प्रतिवद्धता गरे ।


कार्यक्रम कविन्द्र कुमार केसीको प्रमुख आथित्यता तथा वडा स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति एवं वडा अध्यक्ष भिम बहादुर रावतको अध्यक्षतामा सम्पन्न भएको हो ।


यसअघि भेरीगंगा नगरपालिका वडा नम्वर १२ स्थित हरियाली टोल जिल्लाको पहिलो पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा भएको थियो ।

२०७४ पुस १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्