१५ पुस । भेरीगंगा नगरपालिका वडा नं ४ स्थित शक्तिमान टोललाइ एक कार्यक्रममा विच शनिवार पूर्णसरसफाइ उन्मुख टोलको रुपमा घोषणा गरिएको छ ।
वडा कार्यालयको आयोजना तथा भेरीगंगा नगरपालिका र सुन्दर नेपाल संस्थाको सहयोगमा उक्त गाउँका ४५ घरधुरीलाइ घोषणा गरिएको हो । पूर्ण सरसफाइका विभिन्न आधारभुत सुचकहरु पुरा गरी उक्त टोल घोषणा गरिएको हो ।
यसैबिच चिङ्गाड गाउँपालिका वडा नं ३ अवलभुवानीका ११६ घरधुरीलाइ समेत पूर्णसरसफाइ उन्मुख गाउँको रुपमा घोषणा गरिएको हो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष देवबहादुर चन्दले सरसफाइ मानवजिबनको अत्याबसेक पक्ष भएकोले यसलाइ निरन्तरता दिनुपर्नेमा जोड दिए ।
भेरीगंगामा आयोजित कार्यक्रममा सुन्दर नेपाल संस्थाका कार्यक्रम संयोजक गणेश वलीले विगतमा भन्दा सरसफाइको अवस्थामा निकै सुधार आएको र आनिबानीसंग जोडिएको सरसफाइलाइ निरन्तरता दिएमा यो बानीको रुपमा विकास हुने बताए ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख रेणु आचार्यले अवस्थ घर र बानीव्यवहारले प्रत्यक्ष रुपमा महिला र बालवालीकालाइ असर गर्ने भन्दै यसमा महिला झनै चनाखो हुनुपर्नेमा जोड दिइन् ।
यसैगरी प्रमुख अतिथि एवं नगर प्रमुख भुपेन्द्रबहादुर चन्दले भेरीगंगाा नगरपालिकाको प्रमुख प्राथमिकता खानेपानी सरसफाइ र स्वच्छता समेत रहेकाले सवै नगरबासीले यसमा चनाखो हुनुपर्नेमा जोड दिए ।
कार्यक्रम चिङगाड गाउँपालिकाका वडा ३ मा अध्यक्ष रेशम जिसी र भेरीगंगा नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष महाविर खत्रीको अध्यक्षतामा सम्पन्न भएको हो ।
प्रतिकृया दिनुहोस्