१५ पुस । मगुमा पशुचौपायाहरु माहामारीका कारण मर्न थालेका छन् । अज्ञात रोगका कारण पशु चौपाया मर्न थालेपछि यहाँका स्थानिय किसान चिन्तित भएका छन् ।
जिल्लाको सेरु गाउँपालिकामा यो समस्या देखिएको हो । सोरु गाउँपालकाको वडा नम्बर ७ मा पर्ने विभिन्न गाउँमा दिन प्रति दिन पशुको मर्ने संख्यमा एक्कासी वृद्धि भएको छ ।
स्थानीय पदम बहादुर शाहीले सोरु क्षेत्रका सिरुपाटा, बुआलपानी, बायाढुङ्ग्र्रामा अज्ञात रोगका कारण भेडाबाख्राहरु मर्न थालेकोे बताए । उनका अनुसार सोही क्षेत्र कै बइन्यारा, चिपचिप्या लगायतका गाउँहरुमा पालिएका भेडाबाख्रा मर्न थालेको उनको भनाई छ ।
अहिले अज्ञात रोगका कारण झण्डै ३० भन्दा बढि भेडा बाख्रा मरेको शाहीले जानकारी दिए । यो संख्या बढ्न सक्ने सम्भावना रहेको बताईएको छ । उता जिल्ला पशु सेवा कार्यालय मुगुले यस बारे आधिकारिक जानकारी नआएको बताएको छ ।
यस विषयमा यर्थात बझ्न सोरु ईलाकाको पशु सेवा केन्द्रसंग तथ्य बुझने कार्यालयका पशुसेवा चिकित्सक पदम बहादुर बुढाले बताए ।
प्रतिकृया दिनुहोस्