Birendranagar Municipality

बलात्कार आरोपमा प्रहरी पक्राउ

सेरोफेरो/सुर्खेत
बलात्कार आरोपमा प्रहरी पक्राउ

१६ पुस । बालिका बलात्कार प्रयास गरेको अभियोगमा प्रहरी जवान पुर्ण बहादुर चलाउने पक्राउ परेका छन् । जंगलमा लगेर १५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा गण मुकाम वीरेन्द्रनगरमा कार्यरत उनलाई प्रहरीले वीरेन्द्रनगरबाट पक्राउ गरेको हो ।


बिहीबार बेलुका घर पु¥याउने भन्दै प्रहरी जवान चलाउनेले बालिकालाई नेपाली सेनाको कपासे व्यारेक नजिकैको जंगलमा पु¥याएर बलात्कार प्रयास गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । १५ वर्षीया बालिका चिच्याएपछि उनी त्यहाँबाट भागेका थिए ।


बालिकाका आफन्तले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा बलात्कार प्रयास गरेको भन्दै जाहेरी दिएका छन् । ‘जाहेरीका आधारमा थप अनुसन्धान गरेर कारवाही प्रक्रिया अघि बढाउँछौं ।अहिले हामी अनुसन्धानकै चरणमा छौं ।’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले भने ।

२०७४ पुस १६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्