१६ पुस । पश्चिम रुकुम–पोखरा डिलक्स बस सेवा सञ्चालन भएको छ । आजदेखि पश्चिम रुकुमको मुसिकोटबाट पोखरासम्म सुविधा सम्पन्न डिलक्स बस सेवा सञ्चालन हुन लागेको हो ।
पर्यटकीय नगरी पोखरासँग रुकुमलाई जोडेर रुकुमको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रुकुम–पोखरा यातायात सेवा सञ्चालन गरेको सानोभेरी यातायात सेवा समितिका महासचिव वीरबहादुर मल्लले जानकारी दिए ।
झण्डै ४ सय ७० किलोमिटर रहेको रुकुम–पोखराका लागि १ हजार ३ सय ५० भाडादर कायम गरिएको छ । यसअघि पोखरा रुकुम बस सेवा नहुँदा स्थानीय दाङ, नेपालगञ्ज, बुटवल तथा काठमाडौंका गाडीमा यात्रा गर्न बाध्य थिए ।
रुकुमको सानीभेरी यातायात सेवा समिति र पोखराको पृथ्वी राममार्ग बस सञ्चालक समितीले रुकुम पोखरा यातायात सञ्चालन गरेको हो ।
प्रतिकृया दिनुहोस्