Birendranagar Municipality

किम जोङ उनको शुभकामना सन्देश : परमाणु बमको स्वीच थिच्न नपरोस् !

सेरोफेरो
किम जोङ उनको शुभकामना सन्देश : परमाणु बमको स्वीच थिच्न नपरोस् !

१७ पुस । उत्तर कोरियाका नेता किम जोङ उनले अमकेरिकालाई चेतावनी दिंदै भनेका छन्-'न्यूक्लियर (परमाणु) बम लञ्च गर्ने स्वीच उनको डेस्कमा छ ।' नयाँ वर्षको शुभकामना भाषणमा उनले भने, 'अमेरिकाले दिने सम्पूर्ण आणविक त्रासको सामना गर्ने सबै उपाय हामीसँग छन् ।’


उत्तर कोरिया शान्ति मन पराउने जिम्मेवार आणविक राष्ट्र भएको पनि सन्देशमा उनले उल्लेख गरेका छन् । उनले भने, 'यो धम्की होइन, वास्तविकता हो ।’ छिमेकी देश दक्षिण कोरियाप्रति भने उनी नरम देखिएका छन् र सम्वादका लागि खुला रहेको संकेत दिएका छन् । उनले भने, ‘सोल विन्टर ओलम्पिकमा उत्तर कोरियाले टिम पठाउन सक्छ ।’

 

मिसाइल परीक्षण र परमाणु कार्यक्रममा कारण उत्तर कोरियामाथि थुप्रै प्रतिवन्ध लागिसकेको छ । तर, त्यसको कुनै परवाह नगरी उत्तर कोरियाले परमाणु परीक्षण गरिरहेको छ । नोभेम्बर २०१७ मा हृवासोङ-१५ मिसाइलको परीक्षण गरेको थियो, जसले ४४७५ किलोमिटरसम्म हान्न सक्छ ।

२०७४ पुस १७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्