२१ बैशाख, सुर्खेत– नेकपा एमाले सुर्खेतले समृद्ध वीरेन्द्रनगर निर्माणका लागि विभिन्न प्रतिवद्धताहरु अगाडी सारेको छ । उसले बैशाख ३१ मा हुन गइरहेको स्थानिय तहको निर्वाचनलाई लक्षित गरि भौतिक पूर्वाधार, विशेष रुपमा पछाडि पारिएका दलित समुदायको शसक्तिकरण, आर्थिक क्षेत्रको विकास, भूउपयोग नीति तथा खानेपानी, कृषि तथा पशुपालन, भाषा, साहित्य, कला र संस्कृतिको विकास, पर्र्यटन, वन तथा वातावरण, शिक्षा, स्वास्थ्य तथा खेलकुदको विकास, सामाजिक सुरक्षा र प्रशासन, न्याय, सुचना तथा सञ्चार गरि ११ वटा विभिन्न क्षेत्रमा १०२ वटा प्रतिवद्धता अगाडी सारेको छ ।
उक्त प्रतिवद्धता पत्रमा उपत्यकाका सवै सडकहरुको स्तरोन्नति गर्ने, सुविधा सम्पन्न नगरपालिका भवन निर्माण गर्ने, नमुना वस्ती छनौट गर्ने, अति विपन्न वादी, हुड्के, गन्दर्भ समुदायको रोजगारीको विशेष व्यवस्था गर्ने योजना अगाडी सारिएको छ । साथै शीतभण्डारको निर्माण, गर्पन, रतु, गढीमा उच्च मुल्यवस्तुको उत्पादन क्षेत्र तोक्ने र जनमुखी तथा विकृतिरहित प्रशासनको परिपालन गरिने उल्लेख गरिएको छ ।
प्रतिवद्धता सार्वजनिक गर्दे एमाले पोलिटब्युरो सदस्य एवं प्रदेश नं ६ का सह संयोजक यामलाल कँडेलले संविधान निर्माण, राष्ट्रियताको रक्षा, विकास, समृद्धि र संविधान कार्यान्वयनको लागि एमालेका उम्मेद्वारहरुलाइ देशभरि नै बहुमतले जिताउनु पर्नेमा जोड दिनुभयो । वीरेन्द्रनगर नगरपालीकाको मेयरमा बालाराम शर्मा र उप मेयरमा मोहनमाया ढकाल लाइ एमालेले अगाडी सारेको छ ।
प्रतिबद्धतापत्र विस्तृतमा :


प्रतिकृया दिनुहोस्