१७ पुस । सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नं. ९ को आयोजनामा बोटेचौरमा कृषि व्यापार तथा सांस्कृतिक माघी महोत्सव मेला संचालन हुँदैछ । यही माघ १ देखी ८ गतेसम्म सचालन हुने महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
मेलामा स्थानिय कृषि उत्पादनको प्रदर्शनी तथा प्रतियोगिता, खुल्ला भलिबल प्रतियोगिता, लोकसंस्कृति झल्काउने झ्याउरे, टप्पा तथा पञ्चेबाजा प्रदर्शनी, १०० भन्दा बढि व्यापारिक स्टल, झुला तथा बाल उद्यान, लगाएतका अन्य थुप्रै आकर्षण रहेको आयोजक समितिका अध्यक्ष तथा गुर्भाकोट नगरपालिका वडा नं ९ का वडा अध्यक्ष शशीराम भट्टराईले बताए ।
मेलाबाट २० लाख बराबरको आम्दानी र करिब १६ लाख खर्च हुने अनुमान गरिएको छ । सुर्खेत र सल्यानका विभिन्न क्षेत्रबाट आउने करिब ३५ हजार दर्शकले मेलाको अवलोकन गर्ने अनुमान छ ।
प्रतिकृया दिनुहोस्