फाइल तस्विर
१८ पुस । परम्परागत व्यावसायबाट राम्रो आम्दानी हुन छोडेपछि अहिले मुगुका महिलाहरु तरकारी खेती तर्फ आकर्षित भएको हुन् । सधै चुलौचौकोमा सिमित हुने मुगुका महिलाहरु अहिले तरकारी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् ।
श्रीमानको भरमा दैनिकी चलाउने महिलाहरु अहिले सधै तरकारी उत्पादन तथा विक्रि गर्न मा नै व्यक्त भएका देखिन्छन् ।
छायानाथ रारा नगरपालिका वडा नम्बर ५ की ढुमकी जानदेवी बुढा दैनिक तरकारी विक्री गरेरै वार्षिक रुपमा ५० देखी ६० हजार कमाउदै आएकी छन् । उनलाई घर परिवारको पनि राम्रो साथ छ । अहिले ढुम गाउँका १५ जना वढि महिलाहरु तरकारी खेती गरिरहेका छन् ।
सोही गाउँकी राज्य लक्ष्मी बुढाले तरकारी खेतीबाटै घरको खर्च धानेको बताइन् । छोराछोरी पढाउने देखी सामान्य खर्च टार्न पनि तरकारी खेतीले ठुलै सहयोग गरेको उनि बताउछिन् ।
नगरपालिका क्षेत्रका कार्कीबाडा, पिना, चैन लगायतका गाउँका महिलाहरु समेत तरकारी खेती गर्न थालेका छन्
प्रतिकृया दिनुहोस्