Birendranagar Municipality

माओवादी बैठक सकियो : नेता व्यवस्थापन कार्यदल गठन

सेरोफेरो
माओवादी बैठक सकियो : नेता व्यवस्थापन कार्यदल गठन

फाइल तस्विर

१८ पुस । एमालेसँगको पार्टी एकतालाई अगाडी बढाउने निष्कर्श सहित नेकपा माओवादी केन्द्रको बैठक सकिएको छ ।

 

अध्यक्ष पुष्पकमल दाहालप्रचण्ड निवास खुमलटारमा बसेको बैठकले एकतामा पार्टीका नेता व्यवस्थापन गर्न बरिष्ठ नेता रामबहादुर थापा बादलको नेतृत्वमा कार्यदल बनाएको छ ।

 

गठित कार्यदलमा टोपबहादुर रायमाझी, गीरिराजमणि पोखरेल, मातृका यादव, शक्ति बस्नेत, लेखराज भट्ट, साबित्रीकुमार काफ्ले, देवेन्द्र पौडेल, सुनिल मानन्धर रहेका छन् ।

 

बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गोरखामा नारायणकाजी श्रेष्ठ र पर्सामा उर्मिला अर्याल लगायतका नेतालाई अन्र्तघात गरी हराएको निश्कर्ष निकाल्दै अन्तर्घातको छानविन गर्न नेता अमिक शेरचनको नेतृत्वमा छानविन समिति समेत बनाएको छ ।

 

समितिमा लिलामणि पोखरेल, गणेश शाह, हितराज पाण्डे र रेखा शर्मा सदस्य रहेका छन् ।

२०७४ पुस १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्