Birendranagar Municipality

उनलाई ट्रम्पको जवाफ–तिम्रोभन्दा ठूलो र शक्तिशाली न्युक्लियर बम मसँग छ र त्यसले काम पनि गर्छ

सेरोफेरो
उनलाई ट्रम्पको जवाफ–तिम्रोभन्दा ठूलो र शक्तिशाली न्युक्लियर बम मसँग छ र त्यसले काम पनि गर्छ

१९ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली शासक किम जोङ उनको भन्दा ठूलो न्युक्लियर बम आफूसँग भएको बताएका छन् । बुधबार बिहान ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आफूसँग भएको बम ठूलो मात्र होइन यसले काम पनि गर्ने बताएका छन् ।

 

‘उत्तर कोरियाली नेता किम जोङ उनले सधैँ मसँग न्युक्लियर बटन हुन्छ भनेछन्, उनको भोकमरीमा बाँचिरहेको तानाशाही शासनका कोही हुनुहन्छ भने जानकारी गराइदिनु, मसँग उनको भन्दा ठूलो र शक्तिशाली न्युक्लियर बटन छ, र यसले काम गर्छ।’

 

यसअघि नयाँ वर्षको अवसरमा सम्बोधन गर्दै उत्तर कोरियाली शासक उनले आफ्नो टेबलमा न्युक्लियर मिसाइलको बटन भएको र अमेरिकाले युद्दको घोषणा नै गर्न नपाउने बताएका थिए।

२०७४ पुस १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्