Birendranagar Municipality

चौकुने सिमेन्ट उद्योगको नाममा आर्थिक चलखेल भएको अध्यक्षको आरोप (भिडियो हुर्नुहोस्)

सेरोफेरो
चौकुने सिमेन्ट उद्योगको नाममा आर्थिक चलखेल भएको अध्यक्षको आरोप (भिडियो हुर्नुहोस्)

१९ पुस । चौकुने गाउँपालिकामा संचालन गर्ने गरि इजाजत पाएको मुक्ति श्री प्रा.लिले चौकुने सिमेन्ट उद्योगको नाममा चरम आर्थिक चलखेल गरेको चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहले आरोप लगायका छन् ।

 

बर्षोदेखि उद्योगको नविकरण गरि कम्पनीका प्रमुख अजय सुमार्गिले लाइसेन्स होल्ड गरि बसेको र कर्मचारीहरुले आर्थिक प्रलोभनमा परी नविकरण समेत गर्ने गरेको आरोप लगाए ।

 

नेपालकै सवैभन्दा ठुलो सिमेन्ट उद्योग बन्न सक्ने सम्भावना भएको चौकुने बन्ने हल्ला निकै अगाडी भएपनि अव उद्योग बन्नेमा समेत जनताले आशा मारीसकेको अध्यक्ष शाहीले गुनासो गरे ।

 

अर्को प्रशंगमा उनले चौकुने गाउँपालिकाको योजना निर्माणको वर्ष भएकोले यस वर्ष आवश्यक कानुन र कार्यविधिहरु निर्माण गरी जनताको आर्थिक अवस्थामा सुधार ल्याउने समेत अध्यक्ष शाहीले जनाए ।

 

अवको चार वर्ष भित्र जनताले देख्ने र महशुस गर्नेगरी विकास र परिवर्तन गरीने उनले प्रतिवद्धता जनाए ।

 

कुराकानीको भिडियो हुर्नुहोस् ।

२०७४ पुस १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्