२१ बैशाख, सुर्खेत– प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध लगाइएको महाअभियोगको चौतर्फी विरोध भएको छ । बैशाख १७ गते संसदमा दर्ता गरिएको महाअभियोगको देशभित्र र बाहिरबाट समेत विभिन्न कार्यक्रम गरी विरोध जनाइएको हो ।
सुर्खेतस्थित महिला अधिकारकर्मीहरुले पनि बिहीबार प्रमुख जिल्ला अधिकारीमार्फत् संसद सचिवालय र प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र पठाएका छन् । ज्ञापन पत्रमा भनिएको छ–‘प्रधान न्यायाधीशमाथि लगाइएको महाअभियोगले शक्ति पृथकीकरणको मर्म र विधिको शासनको उपहास गर्नुका साथै न्यायिक स्वतन्त्रतामाथि ठाडो हस्ताक्षेप गरेको देखिन्छ ।’ उनीहरुले सरकारको उक्त कार्यको घोर भत्र्सना गर्दै महाअभियोग प्रस्ताव तुरुन्त फिर्ता लिन आग्रह समेत गरेका छन् ।
प्रतिकृया दिनुहोस्