१९ पुस । वाम गठबन्धन सम्वद्ध युवा तथा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा तथा निर्वाचन आयोगलाई समानुपातिक निर्वाचनको परिणाम सार्वजनिक गर्न दवाव दिन काठमाडौंमा प्रदर्शन गरेका छन् ।
एमालेको भातृ संगठन युवा संघ र अनेरास्ववियु तथा नेकपा माओवादीको भातृ संगठन अखिल क्रान्तीकारी र वाइसीएलले सरकारबिरुद्धको नारावाजीसहित प्रदर्शन गरेका हुन् । प्रदर्शनीमार्गबाट सुरु भएको जुलुस पुतलीसडक, बागबजार हुँदै रत्नपार्कको शान्तिबाटिमामा पुगेर कोणशभामा परिणत भएको थियो ।
कोणसभालाई चारवटा संगठनका केन्द्रीय नेताहरुले सम्बोधन गरेका थिए ।
सरकारले इन्धनमा गरेको मूल्यबृद्धि र निर्वाचन आयोगले समानुपानीक निर्वाचनको मतपरिणाम सार्वजनिक नगरेको विरोधमा गरिएको प्रदर्शनमा झडप हुँदा मंगलवार अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तोलासहित धेरै नेता कार्यकर्ता घाइते भएका थिए ।
प्रतिकृया दिनुहोस्