Birendranagar Municipality

उच्च अदालत सुर्खेतकाे मुख्य न्यायाधीशमा हरि पाेखरेल

सेरोफेरो

२० पुस । न्याय परिषद्ले चार उच्च अदालतमा मुख्य न्यायाधीश सिफारिश गरेको छ । बिहिबार बसेको परिषद्को बैठकले जनकपुर, तुलसीपुर, सुर्खेत र दीपायल उच्च अदालतका मुख्य न्यायाधीश सिफारिश गरेका हो ।

 

निर्णयअनुसार जनकपुरमा उदय चापागार्इं, तुलसीपुरमा नहकुल सुवेदी, सुर्खेतमा हरि पोखरेल र दीपायलमा यज्ञ बस्याल सिफारिश भएका छन् । सिफारिश भएकामध्ये सुवेदी सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार हुन् भने अन्य तीन जना विभिन्न उच्च अदालतका न्यायाधीश हुन् ।

२०७४ पुस २० मा प्रकाशित

प्रतिकृया दिनुहोस्