Birendranagar Municipality

एक हजार लिटर मदिरा नष्ट

सेरोफेरो/सुर्खेत
एक हजार लिटर मदिरा नष्ट

२० पुस । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिहिबार १ हजार लिटर मदिरा नष्ट गरेको छ । प्रहरीले ‘घरेलु मदिरा क्लिन स्विप’ अभियानको दोस्रो दिन वीरेन्द्रनगरका विभिन्न होटल तथा घरबाट बरामद गरिएको उक्त मदिरा नष्ट गरिएको हो ।


प्रहरीले जिल्लाका विभिन्न सरोकारवाला निकायसंग सहकार्य गरी बुधबार देखि उक्त अभियान सञ्चालन गरेको हो । अभियान अन्तर्गत आज वीरेन्द्रनगरका बांगेसिमल, धारापानी लगायतका क्षेत्रबाट घरेलु मदिरा बरामद गरिएको थियो ।


अबैध रुपमा विक्रि वितरण गरिने घरेलु मदिराका कारण विभिन्न सामाजिक अपराधहरु बढ्न थालेको गुनासो आउन थालेपछि यो अभियान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक शंकर श्रेष्ठले बताए ।

 

उनले भने ‘अधिकांश घटना घरेलु मदिराका कारण भएका छन् । त्यसको नियन्त्रणका लागि यो अभियानमा प्रहरी सक्रिय भएको हो ।’ अनुमति नलिइ मदिरा बिक्रि वितरण गर्नेलाई पनि कारवाही गरिने उनले बताए । उनका अनुसार यो अभियान सुर्खेत जिल्ला भरीनै सञ्चालन गरिने छ ।

२०७४ पुस २० मा प्रकाशित

प्रतिकृया दिनुहोस्