Birendranagar Municipality

राजधानीको माग गर्दै जुम्लामा आन्दोलन

शुभाकर विश्वकर्मा/जुम्ला

२० पुस । कर्णाली मै प्रदेश नम्बर ६ को राजधानी हुनु पर्ने माग गर्दे आजबाट जुम्लामा आन्दोलन शुरु भएको छ । सरकारले अस्थायी राजधानी तोक्न नहुने भन्दै आजबाट आन्दोलन शुरु भएको हो ।

 

अस्थायी राजधानी सुर्खेत खारेज गर, ६ नम्वर प्रदेशको राजधानी जुम्लामा घोषणा गर, कर्णाली एकता जिन्दावाद, संघीयताको मर्म अनुसार राजधानी स्थापना गर, लगायतका नारा लगाउँदै आन्दोलनमा र्‍यली निकालिएको छ । नागरिक समाजका अध्यक्ष राजबहादुर महतले कर्णालीमा राजधानीको लागि सबैको एक्यवद्धताको खाँचो रहेको बताए ।

 

कोणसभामा बोल्दै युवा अगुवा अनुप थापाले ६ नम्वर प्रदेशको राजधानी कर्णाली बाहेकको विकल्प नभएको बताए । हामीले जुम्ला राजधानीका लागि आन्दोलन गरेका छैनौ, कर्णालीको जुनसुकै जिल्लामा भएपनि ६ नम्बर प्रदेशको राजधानी हुनु अहिलेको आवश्यकता हो उनले बताए ।

 

नेपाल पत्रकार महासंघ शाखा जुम्लाको कार्यालयबाट शुरु भएको आन्दोलन विजयनगर हुँदै जिल्ला प्रशासन कार्यालय जुम्ला नजिकै पुगेर कोणसभामा परिणत भएको थियो ।

२०७४ पुस २० मा प्रकाशित

प्रतिकृया दिनुहोस्