Birendranagar Municipality

बुटवलमा व्यवसायी माथि गोली हानी हत्या

सेरोफेरो
बुटवलमा व्यवसायी माथि गोली हानी हत्या

२१ पुस । बुटवलमा एकजना फर्निचर व्यवसायीको अज्ञात समुहको गोलीप्रहारवाट मृत्यु भएको छ । रुपन्देहीको देवदह नगरपालिका भेकाबारमा फर्निचर व्यवसाय संचालन गरिरहेका बसन्त पौडेल बलुको मृत्यु भएको छ भएको प्रहरीले जानएको छ। गोलीप्रहारबाट घाइते भएका पौडेलेको उपचारका क्रममा मृत्यु भएको हो ।

 

अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका पौडेलको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा निधन भएको हो । किन र कसले गोली हान्यो भन्ने बारे नखुलेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

कालो होन्डा मोटरसाइकलमा आएका अज्ञात समूहले करिब ११ बजे गोली प्रहार गरेका थिए। बुटवलमा केही समयअघि अज्ञात समूहकै गोली प्रहारबाट युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्या भएको थियो ।

२०७४ पुस २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्