Birendranagar Municipality

वीरेन्द्रनगरको प्रमुख समस्या सडक बालबालिकाः मेयर

सेरोफेरो

२१ पुस । सडक बालबालिका वीरेन्द्रनगरको ठुलो समस्या भएको नगरप्रमुख देवकुमार सुवेदीले बताएका छन् ।


गोर्खाघरको आयोजना र सामुदायिक सुधार संस्था तथा सामुदयिक प्रहरी केन्द्र सुर्खेतको समन्वयमा वीरेन्द्रनगरमा आयोजना गरिएको असाहय तथा सडक बालबालिकालाई न्यानो कपडा वितरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

 

उनले भने ‘नगरपालिकाका थुप्रै समस्या मध्ये सडक बालबालिकाको समस्या मुख्य तथा संवेदनशील छ । उनीहरुको दैनिकी दिउँसो बटुवा तथा पसलमा माग्दै हिंड्ने र रातमा सडकको पेटीमा सुत्ने रहेको छ ।’ नगरपालिकाले सरोकारावालासंग समन्वय गरी उनीहरुलाई दिगो रुपमा पुर्नस्थापना गर्न प्रयत्न गर्नेपनि उनले बताए ।

 

सामुदायिक सुधार संस्थाका अध्यक्ष ललित भट्टराईले सडक बालबालिकालाई पुनस्र्थापना नगर्ने हो भने सामाजिक अपराध बढ्न सक्ने औंल्याए । ‘सुर्खेतमा बालबालिकाको क्षेत्रमा काम गर्ने दर्जन बढी संघसंस्थाहरु छन् तर सडक बालबालिकाको पुनस्र्थापनाका लागि कसैले पनि चासो देखाएका छैनन्’, भट्टराईले भने– ‘नत उनीहरुसंग सडक बालबालिकाको तथ्याङ्कनै छ ।’


सामाजिक सुधार संस्थाका अध्यक्ष ललित भट्टराईको अध्यक्षता तथा नगर प्रमुख देबकुमार सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा १२ सडक बालबालिका र ४१ जना दलित, असाहाय, बाढीपीडित गरी ५३ बालबालिकालाई ज्याकेट वितरण गरिएको थियो ।

२०७४ पुस २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्