२१ पुस । सुर्खेतको सिम्ता गाउँपालीका वडा नम्बर ६ राकममा मोटरसाईकलको ठक्करबाट १ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा राकम निवासि ४९ वर्षिया जयभद्रा शाही रहेको ईलाका प्रहरी कार्यलय बादेपिपलले जनाएको छ ।
जामुने वजार देखि सल्यान सल्लीवजारतर्फ आउँदै गरेको भे ६ प ७७७५ नं को मोटरसाईको ठक्कर बाट शाहीको घटनास्थलमै ज्यान गएको हो । मोटरसाइकल चालक बन्गाड कुपिण्डे नगरपालीका १ सल्लीवजार निवासि कमल विसी र यज्ञ घर्ति मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस्