Birendranagar Municipality

राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते हुने

सेरोफेरो

२१ पुस । सरकारले राष्ट्रियसभा निर्वाचनको मिति माघ २४ गतेलाई तोकेको छ । निर्वाचन आयोगको परामर्शमा मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले चुनावको मिति तोकेको हो ।


चुनावबाट ५९ सदस्यीय राष्ट्रिय सभाका ५६ जना (प्रत्येक प्रदेशबाट ८/८ जना) निर्वाचित हुनेछन् । तीन जना सदस्य राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ । राष्ट्रियसभामा सदस्य निर्वाचन गर्ने प्रयोजनका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुनेछन् । यद्यपि मतभार भने फरक फरक हुनेछ ।

 

एकल संक्रमणीय र बहुमतीय दुबै प्रक्रियाबाट हुने निर्वाचन प्रत्येक प्रदेशमा हुनेछ । खुला सदस्य र महिला गरी ४२ जना एकल संक्रमणीयबाट चुनिनेछन् भने दलित र अपाङ्ग तथा अल्पसंख्यक १४ जना बहुमतीय पद्धतिबाट चयन हुनेछन् ।


तर निर्वाचन अगावै प्रदेश सभा सदस्यले प्रदेश प्रमुखबाट सपथ लिनुपर्ने भएता पनि सरकारले हालसम्म प्रदेश प्रमुखको नियुक्ति गरेको छैन ।

२०७४ पुस २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्