Birendranagar Municipality

आछ्छु जाडो ! (फोटो कथा)

विशाल राना मगर
आछ्छु जाडो ! (फोटो कथा)

२३ पुस । नेपालगन्जको गर्मी झेलेकाहरुलाई यहाँ सधैं त्यस्तै हुन्छ भन्ने लाग्ला । गर्मीमा ४४ डिग्री सम्म पुग्ने यहाँको तापक्रम जाडोमा स्वात्तै घट्छ । यति सम्म हुन्छ कि हुस्सु लागेर हप्तौ घाम देख्न पाइंदैन । यसवर्ष पनि एक साता देखि घटेको तापक्रमका कारण जाडो अत्याधिक मात्रामा बढेको छ ।

 

शुक्रबार १५ डिग्री सेल्सियसको हाराहारीमा रहेको नेपालगन्जको तापक्रम शनिबार ७.६ डिग्री सेल्सियस रह्यो । जसका कारण बजारमा निस्कनेहरुको संख्यामा पनि कमी आएको छ । चिसो बढेसँगै जिल्ला प्रशासन कार्यालय बाँकेले स्थानीय तहलाई न्यानो कपडा र आगो ताप्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

 

नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्जका चोक चोकमा आगो ताप्न दाउरा वितरण गरेको छ भने कतिपय स्थानमा दाउरा नपुगेको गुनासो समेत आएको छ । चिसोका कारण स्थानीय मेडिकलहरुमा रुघा, खोकी, ज्वरोका बिरामीहरुको भिडभाड लाग्ने गरेको छ ।

Winter Photowalk-1

Winter Photowalk-2

Winter Photowalk-3

Winter Photowalk-4

Winter Photowalk-5

Winter Photowalk-6

Winter Photowalk-7

winter 8

२०७४ पुस २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्