२७ पुस । धेरैपटक अन्तरिक्षको यात्र गर्ने जन योङ्गको ८७ वर्षको उमेरमा निधन भएको छ ।
हालसम्मै सार्वाधिक समय अन्तरिक्षयात्रीका रुपमा काम गरेका उनले एपोलो र जेमिनिसहितका अन्तरिक्ष अभियानमा समेत सहभागिता जनाएका थिए । उनले ६ पटक अन्तरिक्षको भ्रमण गरेका थिए ।
६ पटकसम्म अन्तरिक्षको भ्रमण गरेका योङ्गले सन् २००४ मा अवकाश लिनुअघि अमेरिकी अन्तरिक्ष संस्था नासामा ४२ वर्ष काम गरेका थिए ।
योङ्ग आफैँ सन् १९७२ मा एपोलो सिक्सटिन मिशनको टोली नेताका रूपमा चन्द्रमामा हिँडेका थिए ।
उनी र उनका सहकर्मी चार्ल्स ड्युकले चन्द्रमाबाट चट्टान र माटोको नमुना सङ्कलन समेत गरेका थिए । सन् १९८१ मा योङ्गले नासाको पहिलो स्पेस सटल कोलम्बियाको उद्घाटन उडानको नेतृत्व गरेका थिए ।
नासाले विश्वले एक जना अग्रणी व्यक्ति गुमाएको प्रतिक्रिया दिएको छ। नासाका अनुसार निमोनियाँसँग सम्बन्धित समस्याबाट शुकवार बिहान उनको मृत्यु भएको हो ।
"जोन अन्तरिक्ष अग्रणीहरूको त्यो समूहमा थिए जसको वीरता र प्रतिबद्धताका कारण राज्यले अन्तरिक्षमा पहिला महान् उपलब्धिहरू हासिल गर्यो," रोबर्ट लाइट्फूट्ले भने ।
एजेन्सीको सहयोगमा
प्रतिकृया दिनुहोस्