Birendranagar Municipality

पर्यटकहरुको पहिलो रोजाई रारा

शुभाकर विश्वकर्मा/मुगु
पर्यटकहरुको पहिलो रोजाई रारा

२४ पुस । प्रदेश नम्बर ६ को मुख्य पर्यटकीय गन्तव्य रारा ताल पर्यटकको पहिलो रोजाईमा पर्न थालेको छ । २०६९ साल पौष देखी मुगु सडक संजाल संग जोडिए संगै रारा पर्यटकको पहिलो रोजाईमा पर्न थालेको हो । अहिले दैनिक २ दर्जन भन्दा धेरै आन्तरिक र बाह्य पर्यटकहरु रारा हेर्नका लागी मुगुमा आउने गर्दछन् ।

 

स्वर्गकी अप्सरा उपनामले परिचित रारा पुग्दा पर्यटकहरु ज्यादै प्रफुल्लीत हुने गर्दछन् । पहिलो पटक रारा पुगेका बर्दियाका प्ररशुराम चौधरीले रारा पुग्दा ज्यादै हर्षित भएको प्रतिकृया दिए । फोटो ग्राफर समेत रहेका उनी राराको तस्विर खिच्दैमा व्यस्त देखिन्थे ।

 

समुन्द्री सतहदेखी २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको राराले दिनमा फरक फरक रङ्ग फेर्ने भएकाले समेत पर्यटकहरु रमाउने गर्दछन् । कहिले खैरो, कहिले बैजनी, कहिले निलो, कहिले सिम्रिक रंङ्ग फेर्ने रारा प्र्रकृतिको बरदान हो । मौसम अनुसार आफ्नो रङ फेर्ने रारामा सिन्जे र कान्जिरोवा हिमालको छायाँले झन् पर्यटकलाइ मोहीत पर्ने गर्दछ ।

 

डोल्पाबाट रारा पुगेका विद्यार्थी विक्रम कठायातले भने आफु पहिलो पटक घुम्न आयको र रारा आफुले सुकेको जस्तै स्वर्गको अप्सरा नै रहेछ । मुगु सदरमुकाम गमगढीको पश्चिम भागमा रहेको रारा १० किमी लम्बाई र ३ किमी चौडाईमा फैलिएको छ । यसको गहिराइ १६७ मिटर रहेको छ ।

 

होटल व्यवसायी तथा बुद्ध गेष्ट हाउस संचालक मनमान बुढाले बार्षिक हजारौ पर्यटक आउन सक्ने सम्भावना भएको रारामा सरकारले ध्यान दिन नसकेको र लगानीको वातावरण समेत बनाउन नसकेको गुनासो गरे । पर्यटकहरु आरामले बस्ने र खाने होटलहरु कम भएको रारामा पर्यटकहरुलाई धेरै समय बस्न समेत गाह्रो भएको उनको भनाइ छ ।

 

अचेल मुगुको रारामा वर्षको सरदर ६० हजार भन्दा बढी देश भित्र र बाहिरका पर्यटक घुम्न आउने तथ्यांक छ । यसलाइ थप व्यवस्थित गर्न सके प्रदेश नं ६ र देशकै समृद्धिमा यसले ठुलो योगदान गर्न सक्छ ।

२०७४ पुस २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्