२१ बैशाख, काठमाडौं- आज बस्ने भनिएको संसद बैठक प्रमुख प्रतिपक्षी दलको विरोध पश्चात् स्थगित भएको छ । प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिन नेकपा एमाले लगायत विपक्षी दलहरुले सरकारलाई सुझाव दिएका थिए । संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराइका अनुसार बैठक शुक्रबार बिहान १० बजे बस्नेछ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले चार बर्षमा कार्य सम्पन्न गर्ने गरी फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ । बैठकले सशस्त्र प्रहरीका तीन डीआइजीलाई एआइजीमा बढुवा गरेको छ । सरकारले डीआइजी पुष्पराम केसी, नारायणबाबु थापा र रामशरण पौडेललाई बढुवा गरेको हो । साथै सरकारले ९७ बर्षीय संस्कृतिविद सत्यमोहन जोशीलाई वाङ्मय शताब्दी पुरुषको उपाधीले सम्मान गर्ने निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस्