२४ पुस । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी पुन अनसनमा बसेका छन् । यस भन्दा अघि उनि १३ पटक अनसन बसीसकेका छन् ।
उनले १४ औँ पटक अनसन सोमवार अपरान्ह ४ बजेदेखी बस्ने जनाएका छन् । केसीले मेडिकल माफियाको स्वार्थ अनुकूल न्यायालय चलेको आरोप लगाउँदै केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरेका छन् ।
सर्वोच्च अदालतले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का तत्कालीन डिन डा. शशी शर्माको पुनरबहाली गर्न परमादेश दिएपछि डा. केसीले प्रधान न्यायाधीशविरुद्ध लक्षित अनसनको घोषणा गरेका हुन्। अनसनमा क्रममा उनले पाँच बुँदे माग समेत सार्वजनिक गरेका छन् ।
डा. केसीका मागहरु हेर्नुहोस्


प्रतिकृया दिनुहोस्