२५ पुस । अदालतको अपहेलना मुद्दामा सोमवार साँझ पक्राउ परेका डा. गोविन्द केसीलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । उनलाई मंगलबार बिहान ९ बजेपछि अदालतमा उपस्थित गराइएको हो । सोमवार अदालतको अवहेलना गरेको आरोपमा सर्वोच्चले डा. केसीलाइ पक्रन र अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।
अदालतको आदेश दिए लगतै डा. केसीलाई अनसनस्थलबाटै सोमबार साँझ नै प्रहरीले पक्राउ गरेको थियो । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का डीन नियुक्ति प्रकरणमा अदालतको फैसलाविरुद्ध डा. केसीले दिएको अभिव्यक्तिले अदालतको मानहानी भएको भन्दै सर्वोच्चमा सोमबार रिट दायर भएको थियो ।
डा. केसीका समर्थकहरुले मंगलबार बिहान माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । उनिहरुले डा. केसीको रिहाइमा माग गरिरहेका छन् । प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वस्वास्थ्यमन्त्री गगन थापा, विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलगायत सयौको संख्यामा समर्थक तथा सुभचिन्तकहरु सहभागी छन् ।
प्रतिकृया दिनुहोस्