Birendranagar Municipality

वीरेन्द्रनगरका आगलागी पीडितलाई राहत वितरण

सेरोफेरो/सुर्खेत
वीरेन्द्रनगरका आगलागी पीडितलाई राहत वितरण

२५ पुस । वीरेन्द्रनगर ६ स्थित मंगलगढीका आगलागी पीडितलाई संयुक्त व्यावसायी संघले राहत वितरण गरेको छ । विद्युत सर्ट भई यही पुस ८ गते राती बसपार्क नजिकै रहेका पसलहरुमा आगलागीबाट क्षति भएको थियो ।


पूर्ण क्षति पुगेका ११ पसललाई ७१ हजारको दरले र आंशिक क्षति भएका ४ व्यावसायीलाई २१ हजारका दरले राहत वितरण गरिएको थियो । मंगलबार आयोजना गरिएको राहत वितरण कार्यक्रममा बोल्दै शहर व्यवस्थित बनाउने जिम्मा स्थानीय तहको भएको प्रदेश सभा सदस्य यामलाल कंडेलले बताए । उनले भने, 'वीरेन्द्रनगरमा अव्यवस्थित टहराका कारण जोखिम बढेकोले यसको उचित व्यवस्थापन गरिनुपर्छ ।' 


प्रतिनिधि सभा सदस्य नवराज रावतले कानुनमा समयानुकुल संशोधन नहुँदा प्रकोप पीडितले तत्काल राहत पाउन नसकेको बताए । संयुक्त व्यावसायी समुहका अध्यक्ष बिष्णुबहादुर शाही को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश सभा सदस्यहरु विन्दमान विष्ट, खड्कबहादुर खत्री र ठम्मर विष्टलगायतले जोखिम व्यवस्थापनमा राज्य चनाखो हुनुपर्नेमा जोड दिए । 

२०७४ पुस २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्