Birendranagar Municipality

केसी साधारण तारेखमा रिहा, प्रधानन्यायाधीश पराजुलीमाथि छानविन हुने

सेरोफेरो
केसी साधारण तारेखमा रिहा, प्रधानन्यायाधीश पराजुलीमाथि छानविन हुने

२६ पुस । अदालतको अपहेलना मुद्दामा पक्राउ परेका त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीलाई साधारण तारेखमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । 


न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले बुधबार उक्त आदेश दिएको हो । केसीको स्वास्थ्यस्थितिको ख्याल गरी अधिवक्ता सुरेन्द्र भण्डारीको रोहबरमा उनलाई रिहा गरिएको हो ।


डा. केसीले बयानमा न्यायसम्पादन गर्ने न्यायाधीशहरूलाई म सम्मान गर्दछु, अदालतलाई घृणा हुने अभिव्यक्ति मैले दिएको छैन, स्वच्छ आलोचनामात्र गरी अदालत लगायत समाजलाई घच्घच्याएको हुँ भनेका कारण उनको स्वास्थ्य अवस्थालाई विचार गर्दै पछि ठहरेबमोजिम हुने गरी रिहा गर्न आदेश दिएको हो ।

 

उनको माग बमोजिम प्रधानन्यायाधीश गोपाल पराजुलीका शैक्षिक प्रमाणपत्र र नागरिकताको फाइल झिकाउन पनि इजलासले आदेश दिएको छ । अदालतको आदेशमा भनिएको छ, गोपाल पराजुलीको नामको काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिएका दुबै नागरिकताको प्रतिलिपी झिकाउनुका साथै न्यायपरिषदबाट उमेरका सम्बन्धमा भएको निर्णय तथा शैक्षिक योग्यताको प्रमाण पत्रका प्रतिलिपीसमेत झिकाउनू ।

 

अदालतले शशी शर्माको मुद्दाको पुस २३ गते भएको फैसलाको मिसिलसमेत मागेको छ ।

 

रिहा भएलगत्तै डा. केसीले अदालतको आदेश सकारात्मक भएको र अनसनबारे बिहिबार निर्णय लिने बताएका छन् ।

२०७४ पुस २६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्