२७, पुस । गएराति भएको अटो दुर्घटनामा चालक श्रीराम तिवारीको मृत्यु भएको छ । वीरेन्द्रनगर ९ लाटीकोइली घर भएका तिवारी दिनभरी आफ्नो काम सकेर सांझपख गोठिकांडा गएर फर्कने क्रममा मृत्यु भएको बताईएको छ ।
घटनाको वास्तविक कारण पत्ता नलागेको तर चालकले मदिरा सेवन गरेकोले दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक कार्यालय सुर्खेतले बताएको छ । हिजो राति करिब साढे दश बजे कपासे व्यारेक बाट करिब साढे सात किलोमिटर माथि बागढुङ्गा भन्ने ठांउमा घटना भएको थियो ।
सुर्खेत उपत्यका भन्दा बाहिर जान अटोलाई अनुमति नभएको जिल्ला ट्राफिक प्रहरी हवल्दार प्रविन थापाले बताए । तर अटोचालकहरु ट्राफिकलाई छलेर दैलेख सम्म आवत जावत गर्छन् । कहिले काँही भने ट्राफिकले पनि नजरअन्दाज गरेको पाइएको छ । प्रहरीको अनुसार चालकको लाइसेन्स समेत थिएन ।
अटो चालकहरुले क्षमताभन्दा धेरै यात्रुहरु बोक्ने, तीव्र गतिमा चलाउने र मनोमानि ढंगले भाडा अशुल गर्ने गरेको गुनासो यात्रुहरुले गर्दै आएका छन् ।
प्रतिकृया दिनुहोस्