Birendranagar Municipality

जनताको सेवा गर्न अभिमुखीकरण

सेरोफेरो/सुर्खेत
जनताको सेवा गर्न अभिमुखीकरण

२७ पुस । कानुनभन्दा माथि र कानुनभन्दा ठुलो कोहीपनि नहुने भएकोले कानुन बमोजिम बाहेक कुनै काम नगर्ने लेकबेशी नगरपालिकाका प्रमुख गगनसिं सुनारले बताएका छन् ।


स्याक नेपाल अन्तर्गत साझेदारी परियोजनाको सहयोग तथा लेकबेशी नगरपालिका र बराहताल गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको दुई दिने स्थानीय सरकार कार्यसञ्चालन सम्बन्धि अभिमुखिकरण कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

 

उनले भने ‘जनताले आशा गर्ने सबैभन्दा ठुलो क्षेत्र भनेको स्थानीय तह भएकोले कानुनको सही प्रयोग गरेर जनतालाई लोकतन्त्रको अनुभुति दिलाउनमा हाम्रो प्रयास सधैं रहने छ ।’

 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देलले काम गर्ने क्रममा अन्यौलता भएकोले प्रशासनिक अधिकारका विषयमा हुन लागेको अभिमुखिकरण कार्यक्रमले धेरै उपलब्धि हात पर्ने बताए ।

 

प्रशिक्षक काशिराज दाहालले स्थानीय तहका प्रतिनिधिहरुले कानुनी, आर्थिक, लेखा व्यवस्थापन, प्रशासनिक अधिकारका विषयमा नजानिकन जनताका पिरमर्का र समस्यालाई सुल्झाउन नसक्ने भएकोले यो कार्यक्रम महत्वपूर्ण रहेको जानकारी दिए ।

 

दुई दिने अभिमुखीकरणमा लेकवेशी नगरपालिका र बराहताल गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा सम्पूर्ण वडाका प्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता हुनेछ ।


कार्यक्रममा जनप्रतिनिधिहरुको काम कर्तव्य तथा अधिकार, संघ, प्रदेश तथा स्थानीय तहहरु बीचको सम्बन्धका विषयमा छलफल गरिने बताईएको छ ।

२०७४ पुस २७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्