Birendranagar Municipality

छिन्ताङ घटनामा मारिएकालाई शहीद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय

सेरोफेरो
छिन्ताङ घटनामा मारिएकालाई शहीद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय

२८ पुस । सरकारले खोकु छिन्ताङ घटनामा मारिएका १६ जना व्यक्तिलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले २०३६ साल कात्तिक २७ गते भएको उक्त घटनामा मारिएका व्यक्तिलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

 

पञ्चायती व्यवस्थाको विपक्षमा तथा प्रजातन्त्रको पक्षमा संलग्न भएको आरोपमा तत्कालीन राज्यसत्ताले दमन गरी होनहार व्यक्तिको ज्यान लिएको घटनालाई छिन्ताङ हत्या काण्ड भनिँदै आएको छ ।

 

सरकारले न्याय सेवाको विशिष्ट श्रेणी ९मुख्य रजिष्टार० मा सोही सेवाका रजिष्टार महेन्द्रनाथ उपाध्यायलाई पदोन्नति गर्ने निर्णय पनि गरेको छ । बैठकले पुनरावेदन समितिको अध्यक्षमा हेमराज पन्तलाई नियुक्ति गर्ने गरेको छ ।

 

बैठकले लाइभ स्टक सेन्टर इनोभेसन आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने रु आठ अर्ब ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको मन्त्री बस्नेतले जानकारी दिए ।

सरकारले आगामी वैशाख १ देखि आर्थिक गणना गर्न २०७५ सूचित आदेश जारी गर्ने निर्णय पनि गरेको छ ।

 

मन्त्रिपरिषद्ले नेपाली सेनाका उपरथी गौरव तण्डुललाई रथी दर्जामा स्थानीय बढुवा गरी युन फोर्स कमाण्डरमा प्रतिस्पर्धा गर्न स्वीकृत दिने निर्णय गरेको छ । प्राविधिक महासेनानी गेहेन्द्रराज महर्जनलाई सहायक रथीमा बढुवा गरिएको छ ।

 

आजको मन्त्रिपरिषद्को बैठकमा प्रदेश प्रमुख र राजधानीका विषयमा सामान्य छलफल भए पनि राजनीतिक दलसँग पुनः छलफल गरेरमात्र अघि बढ्ने कुरा भएको बताइएको छ ।

(रासस)

२०७४ पुस २८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्