२२ बैशाख, काठमाडौ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलहरुले आजको संसद बैठक चल्न दिएनन् । सभामुख ओनसरी घर्तिले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्तावका प्रस्तावक कांग्रेस सांसद मिन विश्वकर्मालाई बोल्ने समय दिएता पनि विपक्षीको विरोधका कारण उनी बोल्न पाएनन् । आजको संसद बैठकमा कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको थियो।
बैठक सुरु भएलगतै एमालेसहित विपक्षी दलका सांसदहरुले आ-आफ्नो स्थानवाट उठेर कार्कीविरुद्ध संसदमा दर्ता गरिएको महाअभियोग प्रस्तावको विरोध गर्दै नाराबाजीमा उत्रिएका थिए। विपक्षी दलको अबरोधका कारण संसद बैठक चल्न नसकेपछि सभामुख घर्तीले संसद बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिन् ।
प्रतिकृया दिनुहोस्