Birendranagar Municipality

राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा कार्यालय स्थापना

सेरोफेरो

२९ पुस । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सात वटै प्रदेशका उच्च अदालत रहेका जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।आयोगले यसअघिनै कार्यालय स्थापना भएको जिल्लाका जिल्ला न्यायाधीशहरुलाई निर्वाचन अधिकृत नियुक्ति गरेको छ ।

 

प्रदेश १ को विराटनगरस्थित विरेन्द्र सभागृहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । यसैगरी प्रदेश २ को धनुषा, प्रदेश ३ को ललितपुर, प्रदेश ४ को कास्की, प्रदेश ५ को दाङ, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को हमा निर्वाचन अधिकृतको कार्यालय डोटी जिल्लाको सदरमुकाममा स्थापना गरिएको छ ।

 

हरेक कार्यालयमा दुईवटा मतदान केन्द्र रहनेछन् । एउटा केन्द्रबाट स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अर्कोबाट प्रदेशसभाका सदस्यहरुले मतदान गर्नेछन् ।

२०७४ पुस २९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्