२९ पुस । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको आगलागी भएको दुई वर्ष वितिसक्यो । आगलागि प्रकरण अहिले पनि रहस्यमय छ ।
आगलागीमा महत्वपुर्ण उपकरणहरु जलेर नष्ट भएका थिए । आगलागी प्रकरणपछि सेवा प्रवाहमा देखिएको समस्या अहिले पनि उस्तै छ । २ वर्षअघि जलेर नष्ट भएका समाग्रीको व्यवस्थापनमा ध्यान जान सकेको छैन ।
प्रतिष्ठान स्थापना पछि कर्णालीको मुत्युदर घट्ने आशा गरिएको थियो । तर सबै सेवा सुविधा पाउन सकेका छैनन् कर्णाली वासीले । दुर्गमका ९ जिल्लाका लागि स्थापना गरेको प्रतिष्ठानले जुम्ला बाहेक अन्य जिल्लामा सहज रुपमा सेवा प्रवाह गर्न पनि सकेको छैन ।
अझै महत्वपुर्ण सामग्रीहरु अभाव
२०७२ पुष ४ गते राती लागेको आगलागीले अन्तरंग भवन भित्र रहेको ल्याब, टेन्डल, रेडियोलोजी, एक्सरे, अल्ट्रा साउण्ड, लगायत करोडौं मूल्यका महत्वपूर्ण उपकरणहरु जलेर नष्ट भएका थिए ।
लामो समय हुदा पनि सामग्री व्यवस्थापन नहुनु प्रतिष्ठानको कमजोरी देखिन्छ । प्रतिष्ठानमा अहिले सिटी स्क्यान मेसिन लगायातका सामग्रीको अभाव छ । उपचारका लागि आउने गम्भीर प्रकृतिका बिरामीको समेत अनुमानका भरमा उपचार गर्नुपर्ने अवस्था रहेको डाक्टर देउमान शाक्यले टेलिफोनमा बताए ।
यस्ता भर्खरै अत्यावश्यक सामान अभावले मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाईते भएकी चन्दननाथ नगरपालीका बस्ने ४० वर्षीया नरकला गिरीको मृत्यु भयो । उनको खुट्टा, छाती र टाउकोमा चोट लागेको थियो ।
मृतकको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेपनि सिटी स्क्यान नहुँदा टाउकोको समस्या पत्ता लगाउन नसकिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले रेफर गरेपछि उपचारका लागि जिल्ला बाहिर लैजान हवाइजहाजको पर्खाइमा रहँदा उनको मृत्यु भएको आफन्तले बताए ।
टाउकोमा समस्या भएका बिरामीको लक्षणका आधारमा मात्र उपचार गर्दा समस्या हुने गरेको छ’। उनले भने, ‘प्रतिष्ठानमा भेन्टिलेटर, आईसियु र विद्युत समेत नहुँदा ठुलो समस्या परेको छ ।
के गरिरहेको छ प्रष्तिठान प्रशासन
प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्ले सिटी स्क्यान मेसिन जडानका लागि स्वास्थ्य मन्त्रालयदेखि विभागसम्म पहल भइरहेको बताए । प्रतिष्ठानका मेडिकल डाइरेक्टर पुजनकुमार रोकायाका अनुसार महत्वपूर्ण उपकरण नभएपछि विशेषज्ञ सेवा दिन कठिनाइ भएको छ । अहिले ३ सय सैयाको हस्पिटल संचालनको तयारीमा छ ।
प्रतिकृया दिनुहोस्